Government of Nepal
Ministry of Forests and Environment
Department of National Parks and Wildlife Conservation

संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत | विश्‍व सिमसार दिवस- २०२४ उद्घाटन कार्यक्रम सम्पन्न

News

Not Available Date:Feb. 2, 2021, 6 p.m.
Location:
Babarmahal, Kathmandu

विश्‍व सिमसार दिवस-२०७७ सम्पन्न

विश्‍व सिमसार दिवस, २०७७ (World Wetland day, 2021)

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले “Wetland and Water” ( पानी र सिमसार: जीवनको अभिन्न आधार)” भन्ने मूल नाराका साथ विश्‍व सिमसार दिवस-२०७७ (World wetland day- 2021)  मनाउने कार्य सम्पन्न गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आयोजना गरेको यस औपचारिक कार्यक्रमको अध्यक्षता राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. दीपक कुमार खरालले गर्नु भएको थियो भने सो कार्यक्रको प्रमुख अतिथि वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री प्रेम बहादुर आलेलेका साथै विषेश अतिथिको रुपमा वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्‍वनाथ ओली रहनु भएको थियो ।

कार्यक्रममा पाल्नु भए प्रमुख अतिथि, विषेश अतिथी लगायतका सम्पूर्ण सहभागीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका ईकोलोजिष्ट हरिभद्र आचार्यले स्वागत गर्नु भएको थियो भने कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नका लागि संरक्षण साझेदार संस्थाहरुको तर्फबाट राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारी,  सरकारी कार्यालय संघ संस्थाको तर्फबाट वन तथा भू संरक्षण विभागका महानिर्देशक श्री मन बहादुर खड्काले शुभ-कामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।  प्रमुख अतिथि एवं वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री प्रेम बहादुर आलेले वन परिसरको प्रवेशद्वारमा ‘सिमसार र पानी’ लाई प्रकाश पार्ने व्यानर उद्घघाटन गरी शुरु भएको कार्यक्रममा प्रमुख अतिथि वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेज्यूबाट ‘ रारा ताल सिमसार क्षेत्र व्यवस्थापन योजना ' को विमोचन र Ecosystem Based Adaptation Poster लोकार्पण  भएको थियो भने विषेश अतिथि वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्‍वनाथ ओलीज्यूबाट   “INVENTORY OF LAKES IN NEPAL “ विमोचन र Central Asian Flyway poster लोकार्पण भएको थियो । कार्यक्रम संचालन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका योजना अधिकृत श्री वेद कुमार ढकालले गर्नु भएको थियो ।