नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

२९ औं वन्यजन्तु सप्ताह २०८१ शुरु | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत

समाचार

Not Available
मिति:
माघ १४, २०७६
स्थान
None

वन्यजन्तुको आखेटोपहार व्यवस्थापन

वन्यजन्तुका आखेटोपहारहरुको मुल्य शुन्य हुन्छ भन्ने सन्देश दिन नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७४।२।४ को निर्णय अनुसार अन्तर्राष्ट्रिय जैविक विविधता दिवसकै दिन, २२ मे २०१७ तदनुसार २०७४ जेष्ठ ८ गतेका दिन चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसराको नेपाली सेनाले प्रयोग गरेको खेलकुद मैदानमा एक विशेष कार्यक्रमको आयोजना गरी नेपाल सरकारका मन्त्रीहरु, नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरु, सुरक्षा निकायका उच्चपदस्थ कर्मचारीहरु, कुटनितिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधिहरु, संरक्षण कर्मीहरु, संरक्षण साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, संरक्षण सहयोगी दातृ निकायका प्रतिनिधिहरु, वन्यजन्तु संरक्षण र अवैध व्यापार नियन्त्रणमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय, स्थानीय समुदाय र राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चार कर्मीको उपस्थितिमा वन्यजन्तुका आखेटोपहारहरु जलाएर नष्ट गरियो । कार्यक्रममा माननीय परराष्ट्र मन्त्री डा. प्रकाश शरण महत, माननीय जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशी, माननीय वन तथा भू संरक्षण मन्त्री शंकर भण्डारी, माननीय वन तथा भू संरक्षण राज्यमन्त्री दीर्घराज भाट, व्यवस्थापिका संसद, माननीय सदस्य राजाराम स्याङ्गताङ्ग, राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. प्रभु बुढाथोकी, वन तथा भ संरक्षण मन्त्रालय सचिव प्रकाश माथेमा, नेपाली सेनाका बलाध्यक्ष रथी, नेपाली सेनाका मध्यमाञ्चल क्षेत्रका पृतनापति, नेपाल प्रहरीका डिजाइजी, नेपालका लागि अमेरिकी राजदुत एलाइना टिप्लिज लगायतका विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरु सहभागी भएका थिए ।

वन्यजन्तुको प्राकृतिक रुपमा मृत्यु भएपछि र केही वन्यजन्तुको चोरी शिकारीले मारी अवैध व्यापारका लागि लाने क्रममा जफत गरिएका वन्यजन्तुका आखेटोपहारहरु टिकौलीमा भण्डारण भएका १७३९ थान र कसरामा भण्डारण भएका २२७३ थान गरी जम्मा ४०१२ थान जसमध्ये बाघको छाला ६७ थान, गैंडाको खाग ३५७ थान, हात्तीको पुच्छरको रौं ३५४ थान, कस्तुरीको बिना ३४ थान, ध्वाँसे चितुवाको छाला २ थान, हिउँ चितुवाको छाला १ थान, चिरुको ऊन ४२ पोका, सालकको खपटा २ पोका, हाब्रेको छाला ४७ थान, चितुवाको छाला ४१८ थान, भालुको पित्त १५ थान लगायतका आखेटोपहारहरु जलाइयो । उल्लेखित अखेटोपहारमा CITES को अनुसुची १ मा सुचीकृत प्रजाती १८,  अनुसुची २ मा सुचीकृत प्रजाती ४, अनुसुची ३ मा सुचीकृत प्रजाती ४ र अन्य प्रजाती २२ गरी जम्मा ४८ प्रजातीका अखेटोपहार रहेका थिए ।  बाघको छाला ५ थान, गैंडाको खाग १० थान, कस्तुरीको बिना ४ थान, चिरुको ऊन १ पोका, हाब्रेको छाला २ थान, हिउँ चितुवाको छाला १ थान, सुरक्षित राखिएको छ । हात्तिको दाह्रा जलाउनको लागि चाहीने आवश्यक तापक्रमको कारणबाट भण्डारण गरी राखिएको ११०० के.जी. दाह्रा हाल जलाइएको छैन । आखेटोपहार जलाउनको लागि जमिनबाट १५ मिटर लामो, ५ मिटर चौडा र ०.३ मिटर अग्लो इट्टाको मंच बनाई त्यस माथि १५ मिटर लामो, ५ मिटर चौडा र एक मिटर अग्लो फलाम तथा इट्टाको भकारी बनाई त्यसमाथि सम्पूर्ण जलाउनु पर्ने आखेटोपहारलाई सबैले देख्ने, फोटो र भिडियो खिच्न सक्ने गरी राखी जलाइयो । आखेटोपहार जलाइसकेपछि बाँकी रहेको खरानीलाई चितवन राष्टिय निकुञ्ज कार्यालय नजिकै एउटा खाल्डो खनी चारैतिर पर्खाल लगाई पुरिएको छ र त्यस माथि एउटा स्मारक (Monument) निर्माण गर्ने कार्यको थालनी गरिएको छ ।    

उल्लेखित कार्यक्रमा वन तथा भू संरक्षण मन्त्रालयका सचिव प्रकाश माथेमाले स्वागत मन्तब्य राख्नु भएको थियो भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक श्री मन बहादुर खड्काले वन्यजन्तुको आखेटोपहार व्यवस्थापन (नष्ट गर्ने) कार्यको प्रक्रृया र कार्यक्रमको छोटकरी जानकारी तथा वन विभागका महानिर्देशक श्री कृष्ण प्रसाद आचार्यले वन्यजन्तुको आखेटोपहार व्यवस्थापनको प्राविधिक पक्षको बारेमा जानकारी प्रस्तुत गर्नु भएको थियो । साथै वन तथा भू संरक्षण मन्त्रालयका जैविक विविधता तथा वातावरण महाशाखा प्रमुख सहसचिव डा. महेश्वर ढकाले CITES सचिवालयको सन्देश बाचन गर्नुभएको थियो । कार्यक्रमका अतिथि नेपालका लागि अमेरिकी राजदुत महामहिम एलाइना टिप्लिज, विशेष अतिथि माननीय जनसंरख्या तथा वातावरण मन्त्री जयदेश जोशी, मुख्य अतिथि माननीय परराष्ट्र मन्त्री प्रकाश शरण तथा कार्यक्रमका अध्यक्ष एवं माननीय वन तथा भू संरक्षण मन्त्री शंकर भण्डारीले वन्यजन्तुको आखेटोपहारको व्यवस्थापन कार्य ऐतिहासिक भएको साथै वन्यजन्तुको आखेटोपहारको मुल्य शुन्य हुन्छ भन्ने सन्देश दिनुका साथै वन्यजन्तु र जैविक विविधता संरक्षणमा कोशेढुङ्गा सावित हुनेमा जोड दिनु भयो । कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशेष अतिथि लयायत वन्यजन्तुको आखेटोपहार व्यवस्थापनका कार्यमा संलग्न संघसंस्थाहरु तथा व्यक्तिहरुलाई माननीय वन तथा भू संरक्षण राज्यमन्त्री दीर्घराज भाटले विशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रेस विज्ञप्ति

तस्बिरहरु