नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत | विश्‍व सिमसार दिवस- २०२४ उद्घाटन कार्यक्रम सम्पन्न

समाचार

Not Available
मिति:
माघ १४, २०७६
स्थान
None

विश्व बाघ दिवस (Global Tiger Day, 29 July) भव्यताका साथ सम्पन्न

वन तथा वातावरण मन्त्री माननीय शक्ति बहादुर बस्नेतज्यूको प्रमुख आतिथ्यतामा “समृद्धिका लागि बाघ संरक्षण” भन्ने मूल नाराका विश्व बाघ दिवश २९ जुलाई  २०१८ तदनुसार २०७५ श्रावण १३ गतेका दिन बाघ संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा केन्द्रीय स्तरमा राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाहल खुमलटार, ललितपुरमा सम्पन्न भयो । कार्यक्रमको अध्यक्षता राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक श्री मन बहादुर खड्काज्यूले गर्नु भएको थियो । खुमलटारको कार्यक्रम अघि वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीज्यूले वन परिसर बबरमहलमा राखिएको विश्व बाघ दिवसको होर्डिङ्ग बोर्ड ब्यानर अनावरण गर्नु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक श्री रामचन्द्र कँडेलले स्वागत मन्तव्य राख्नु भएको थियो । एम्बिसन एकेडेमीका विद्यार्थीहरुले राष्ट्रिय गित सहित विविध संस्कृति झल्किने नृत्य र बाघ संरक्षण सम्बन्धी नाटक प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रममा विभागका उपमहानिर्देशक श्री गोपाल प्रकाश भट्टराईले नेपालमा बाघ संरक्षणमा गरिएका प्रयासहरुको बारेमा र सदर चिडियाखानाका प्रमुख डा. चिरञ्जीवी कुमार पोख्रेलले बाघको इकोलोजी सम्बन्धी प्रस्तुती गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वन तथा वातावरण मन्त्री मा. शक्ति बहादुर बस्नेतले बाघ संरक्षणबाट समृद्धि हासिल गर्नुपर्नै तर्फ सोच्नु पर्ने बेला आएको बताउनु भयो । वहाँले नेपालमा रहेका संरक्षित क्षेत्र र संरक्षित बाहिर रहेका बाघका बासस्थानले कति बाघ बहन गर्न सक्छ अध्ययन अनुसन्धान गरी त्यसै अनुसारको योजना बनाउनु पर्नेमा जोड दिनु भयो ।

राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. कृष्ण प्रसाद ओलीले बाघ संरक्षणका लागि नियमीतरुपमा कार्यक्रम प्रस्ताव गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भयो । वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले सन् २०२२ मा बाघको संख्या दोब्बर गर्ने प्रतिवद्धता अनुसार दोब्बर गर्ने कार्यमा नेपाल सरकार कटिबद्ध रहेको साथै बाघको संख्या बढ्दा त्यसबाट स्थानीय समुदायमा नकारात्मक असर पर्ने भएमा नजरअन्दाज गर्ननहुनेमा जोड दिनुभयो । राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव श्री गोविन्द गजुरेलले बाघ संरक्षणको महत्व बारेमा मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा कार्यक्रमका अध्यक्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक श्री मनबहादुर खड्काले विभाग बाघ संरक्षणमा कटिबद्ध रहेको र आगामी दिनमा संरक्षण कार्यलाई अझ प्रभावकारी रुपमा अगाडी बढाउने विचार व्यक्त गर्नु भयो । वहाँले कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि, अतिथि लगायत उपस्थित राष्ट्र सेवक कर्मचारीहरु, संरक्षण साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, शिक्षक तथा विद्यार्थीहरु, पत्राकारहरुलाई धन्यवाद दिदै बाघ संरक्षणमा पुर्याउनु भएको योगदानको प्रशंसा समेत गर्नुभयो ।
कार्यक्रममा सरकारी तथा गैह्रसरकारी संस्थाका कर्मचारीहरु, शिक्षक तथा विद्यार्थीहरु, संरक्षणकर्माीहरु र संचारकर्मीहरु सहित ५०० जना भन्दा बढी महानुभावहरुको उपस्थिति रहेको थियो ।