नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

महानिर्देशक डा. पेम नारायण कंडेलज्यूलाई राष्ट्रिय निकुञ्ज विभागमा स्वागत | उपमहानिर्देशक डा. रामचन्द्र कंडेलको विदाई | आ.ब. २०७६/७७ को बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न

समाचार

Not Available
मिति:
साउन १५, २०७७
स्थान
बबरमहल, काठमाडौ ।

आ.ब. २०७६/७७ को बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र अन्तर्गत कार्यालयहरुको आ.ब. २०७६/७७ को बार्षिक प्रगति समिक्षा गोष्ठी मिति २०७७/०४/११ र १२ गते  Zoom meeting का माध्यमबाट सम्पन्न भयो । गोष्ठीको औपचारिक उद्‍घाटन कार्यक्रम राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको सभाहलमा विभागका नि.महानिर्देशक डा.रामचन्द्र कंडेलको सभापतित्व तथा वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्‍वनाथ ओलीको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमको उद्‍घाटन प्रमुख अतिथि वन तथा वातावरण मन्त्रालयका सचिव डा.विश्‍वनाथ ओलीले विरुवामा पानी सिंचित गरेर गर्नु भएको थियो भने विभागको सभाहलमा राष्ट्रिय योजना आयोगका प्रतिनिधि, अर्थमन्त्रालयका प्रतिनिधि, राष्ट्रिय निकुञ्ज तथा आरक्ष निर्देशनालयका प्रमुख, विभागका शाखा प्रमुखहरु, शिवपुरी नागार्जुन रा.नि., रारा रा.नि. , ढोरपाटन शिकार आरक्ष , राष्ट्रिय प्राणी उद्यान,  भानुभक्त प्राणी उद्यान, गौरीशंकर संरक्षण क्षेत्र कार्यालयका प्रमुख, संरक्षण साझेदारहरुमा Zsl Nepal  र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधिको उपस्थिति रहेको थियो भने Zoom  का माध्यमबाट TAL लगायत अन्य संरक्षित क्षेत्र कार्यालयका प्रमुखहरु सहभागी हुनु भएको थियो ।  

उद्‍घाटन शत्रमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुगमन तथा मूल्यांकन अधिकृत श्री बीरेन्द्र प्रसाद कंडेलले विभाग र अन्तर्गत कार्यालयहरुको आ.ब.२०७६/७७ को प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो भने सो पश्‍चात राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालयका प्रतिनिधि र प्रमुख अतिथीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।उद्‍घाटन शत्रका सभापती एवं राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका नि.महानिर्देशक डा. रामचन्द्र कंडेलले मन्तव्य सहित उद्‍घाटन शत्रको समापन गर्नु गर्नु भएको थियो । उद्‍घाटन शत्रको कार्यक्रम संचालन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक अनुगमन तथा मूल्यांकन अधिकृत श्री प्रकाश शाहले गर्नु भएको थियो ।

उद्‍घाटन शत्र पश्‍चात राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका नि.महानिर्देशक डा. रामचन्द्र कंडेलको अध्यक्षतामा प्राविधिक शत्र शुरु गरिएको थियो । दुई दिनको प्राविधिक शत्रमा संरक्षित क्षेत्र कार्यालयका प्रमुखहरुबाट आ-आफ्नो कार्यालयको प्रगति विवरण र विभागका शाखा प्रमुखहरुले आ-आफ्नो शाखाको आ.ब. २०७६/७७ को कार्यक्रमहरुको प्रगती विवरण  प्रस्तुत गर्नुका साथै सो उपर छलफल गरिएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका नि.महानिर्देशक डा. रामचन्द्र कंडेलले विभागीय निर्देशन सहितको मन्तव्य व्यक्त गर्दै आ.ब. २०७६/७७ को बार्षिक प्रगति समिक्षा गोष्ठीको समापन गर्नु भएको थियो ।