नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

महानिर्देशक डा. पेम नारायण कंडेलज्यूलाई राष्ट्रिय निकुञ्ज विभागमा स्वागत | उपमहानिर्देशक डा. रामचन्द्र कंडेलको विदाई | आ.ब. २०७६/७७ को बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न

समाचार

Not Available
मिति:
भदौ २८, २०७७
स्थान
बबरमहल, काठमाडौं

उपमहानिर्देशक डा. रामचन्द्र कंडेलको विदाई

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश नं. २ को  सचिवमा सरुवा हुनु भएका उपमहानिर्देशक / निमित्त महानिर्देशक डा . रामचन्द्र कंडेलको मिति २०७७ भाद्र २८ गते विदाई कार्यक्रम गरियो । उक्त विदाई कार्यक्रममा सवै संरक्षित क्षेत्र कार्यालयका प्रमुख तथा कर्मचारीहरु समेत Zoom  प्रविधि मार्फत सहभागी हुनुका साथै केही प्रमुख संरक्षण अधिकृतहरुले विदाई तथा शुभ-कामना  मन्तव्य समेत व्यक्त गर्नु भएको थियो भने उपमहानिर्देशक /निमित्त महानिर्देशक डा. रामचन्द्र कंडेले संरक्षित क्षेत्र व्यवस्थापनमा संरक्षित क्षेत्रहरुले पुर्‍याएको योगदान, आफुले चालेका पहलहरु, भावी दिनमा संरक्षित क्षेत्रहरुले गर्नु पर्ने कार्यहरु वताउँदै यसलाई निरन्तरता दिन र आफुले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।