नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

२९ औं वन्यजन्तु सप्ताह २०८१ शुरु | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत

समाचार

Not Available
मिति:
असार १२, २०७८
स्थान
बबरमहल, काठमाडौं

३७ औं वार्डेन सेमिनार तथा १९ औं म.क्षे.व्य.समितिका अध्यक्षहरुको भेला सम्पन्न

कोभिड १९ को वर्तमान चुनौतीका कारण बन्दाबन्दी भई सवै सहभागीहरुलाई भौतिक रुपमा भेला गरी कार्यक्रम संचालन गर्न सम्भव नभएको अवस्थामा भर्चुअल माध्यमबाट ३७ औं वार्डेन सेमिनार तथा १९ औं मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरुको भेला कोभिड महामारीको असर: संरक्षणमा चुनौती र अवसर भन्ने मुल नारा सहित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा सम्पन्न भएको छ।यो कार्यक्रम मिति २०७८।३।१० देखि ११ सम्म (दुई दिन) चलेको थियो।यस सेमिनार तथा भेलाको उद्घाटन कार्यक्रम वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेम नारायण कंडेलज्यूको प्रमुख आतिथ्यता तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.दीपककुमार खरालको अध्यक्षतामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको सभाहलबाट गरियो ।यस उद्घाटन कार्यक्रममा भर्चुअल माध्यमबाट राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति तथा नेपाल वन प्राविधिक संघका अध्यक्ष, वन विज्ञान अध्ययन संस्थान, डीनको कार्यालय किर्तिपुरका डीन, वन विज्ञान संकायकृषि तथा वन विज्ञान विश्वविद्यालय, हेटौडाका डीन, नेपाल सरकारका पूर्व सचिव, वन तथा वातावरण मन्त्रालयका सहसचिवहरु, विभागीय प्रमुखहरु, उप-महानिर्देशकहरु, रेड कार्यान्वयन केन्द्र/आयोजनाका प्रमुखहरु, प्रदेश सरकार, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिवहरु, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय, नेपाली सेनाका निर्देशक, केन्द्रीय अनुसन्धान ब्युरो, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पूर्व महानिर्देशक र उप-महानिर्देशकहरु, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति राष्ट्रिय संजालका अध्यक्ष, विभागका शाखा प्रमुखहरु, संरक्षित क्षेत्रका प्रमुख संरक्षण अधिकृत/संरक्षण अधिकृतहरु, निकुञ्ज तथा आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेनाका गणपति/गुल्मपतिहरु, पूर्व प्रमुख संरक्षण अधिकृत/संरक्षण अधिकृतहरु, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरु, संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्षहरु, संरक्षण साझेदार संस्थाका प्रमुख एवं प्रतिनिधि लगायतका महानुभावहरुको सहभागिता रहेको थियो ।