नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

२९ औं वन्यजन्तु सप्ताह २०८१ शुरु | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत

पंक्षी

राज धनेश (Buceros bicornis)

राजधनेश (Buceros bicornis homrai) चरा Coraciiformes Order र  Bucerotidae Family मा पर्दछ | नेपाल, भुटान, क्याम्बोडिया, चीन, भारत, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, थाइलैंड र भियतनाममा यो चरा रैथाने हो | राजधनेश  १०० देखि ५०० मिटरको उचाईमा  स्थानीय रुपमा चितवनमा अप्रचुर र अन्यत्र  बिरलै पाइने आवाशीय चरा हो | चितवन राष्ट्रिय निकुन्ज (२००९, २०१०, २०१२) र यसको मध्यवर्ती क्षेत्रको बरन्डाभार बन, कुमरोज र नमुना सामुदायिक वन (२०००, २००७, २०१२); बर्दिया राष्ट्रिय निकुन्ज (२००६,२००९, २०१२); पर्सा वन्यजन्तु आरक्ष (२००३), घोडाघोडी ताल (२००८); कपिलवस्तुको वन क्षेत्र (२००९); सर्लाहीको वन क्षेत्र (२०११); झापा तथा इलामको गेरुवा र सुखानी वन क्षेत्र (१९९३); सुनसरीको रामधुनी साल वन र मोरंगको राजारानी वन क्षेत्र (२००४) मा यो चराको रेकर्ड गरिएको छ | नेपालमा यस चराको संख्या कम्तिमा ८० देखि १५० वटा होलान भनेर अनुमान गरिएको छ | विश्वब्यापी रुपमा आइयुसीएनले यस चरालाई संकटापनमुखको सुचिमा राखेको छ भने नेपाल बर्ड रेड डाटा बुकले  यसलाई संकटापन्नको सुचिमा राखेको छ | नेपालको राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित पन्छीको रुपमा अनुसूची १ मा सुचिकृत गरेको छ | साइटिसले पनि यसलाई अनुसूची १ मा नै सुचिकृत गरेको छ |