नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत | विश्‍व सिमसार दिवस- २०२४ उद्घाटन कार्यक्रम सम्पन्न

पंक्षी

खर मुजूर (Houbaropsis bengalensis)

खर मजुर (Houbaropsis bengalensis) ग्रुइफ़र्मिस् अर्डर ओटिडी परिवारमा  पर्ने  अति दुर्लभ र भुइँमा नै गुड लगाउने पन्छी हो | विश्व भरिमा यो चरा नेपाल, भारत, क्याम्बोडिया र भिएतनाममा जम्मा जम्मी २५० देखि ९९९ को संख्यामा रहेको छ | यसका दुई उपप्रजाती मध्ये क्याम्बोडिया र भिएतनाममा पाइने उपप्रजाती ब्लान्दिनी हो भने भारत र नेपालमा पाइने उपप्रजाती बेंगालेंसिस हो | नेपालमा यसको संख्या ६५ देखि १०० सम्म अनुमान गरिएको छ | नेपालको चितवन र बर्दिया राष्ट्रिय निकुन्ज, शुक्लाफाँटा र कोशीटप्पु वन्यजन्तु आरक्ष तथा कोशी ब्यारेज क्षेत्रको बिशेषगरी सिरुले ढाकिएको घाँसे मैदानहरु यस चराको मुख्य बासस्थानहरु हुन् |  संसार भरि मै यस चराको मुख्य बासस्थान घासेमैदान घट्दै जानाले यस चराको संख्यामा छिटोछिटो कमी आएको हुँदा आइयुसीएनले यसलाई अति संकटापन्नको सुचीमा समाबेस गरेको छ | नेपालको राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले यस चरालाई संरक्षित पन्छीको रुपमा अनुसूची १ मा सुचिकृत गरेको छ भने साइटिसले पनि अनुसूची १ मा नै समाबेस गरेको छ |

थप जानकारीका लागि:- Inskipp et al. 2016.