नेपाल सरकार
वन तथा भू-संरक्षण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

कार्यक्रम / समाचार

उपलब्ध छैन

२२ औं वन्यजन्तु सप्ताह (वैशाख १–७), वन्यजन्तु संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

२२ औं वन्यजन्तु सप्ताह (वैशाख १–७), २०७४ को अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वैशाख ६ गते इन्द्रेणी फुडल्याण्ड, वानेश्वरमा वन्यजन्तु संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक श्री मन बहादुर खड्का, डब्लु डब्लु एफ नेपालका संरक्षण डाइरेक्टर डा. घनश्याम गुरुङ्ग र प्राध्यापक श्री करन बहादुर शाह पेनेलिष्टको रुपमा रहेका थिए भने मोडेरेटरको रुपमा वातावरण विज्ञ एवं पत्राकार श्री रमेश भूषाल हुनुहुन्थ्यो । उक्त अन्तरक्रिया कार्यक्रममा सरकारी र गैरसरकारी निकायका कर्मचारीहरु, मध्यवर्ती क्षेत्रका उपभोक्ताहरु, विश्वविद्यालयका विद्यार्थी तथा शिक्षकहरु र पत्राकारहरुको उपस्थिति रहेको थियो  ।