नेपाल सरकार
वन तथा भू-संरक्षण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

कार्यक्रम / समाचार

उपलब्ध छैन

२२ औं वन्यजन्तु सप्ताह (वैशाख १–७), मा. वि. स्तरीय कविता प्रतियोगिता

२२ औं वन्यजन्तु सप्ताह (वैशाख १–७), २०७४ को अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा वैशाख ४ गते सदरचिडियाखाना, जावलाखेलमा आयोजना गरेको माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगितामा १९ विद्यालयका ३८ जना विद्यार्थीहरु सहभागी भएका थिए । सो प्रतियोगितामा ब्राइट फ्युचर मा.वि.का छात्रा सुश्री इशा पौडेल प्रथम, पृथ्वी स्कूलका छात्र श्री अभिनन्दन घिमिरे द्धितिय, लिटल एन्जेलका छात्रा सुश्री ओजस्वी ढकाल तृतिय भए । त्यस्तै गरी ज्ञानदयो बालबाटिका का छात्रा सुश्री स्मृति यादव, त्रिवेणी स्कूलका छात्र श्री सुजन बास्कोटा र विजेश्वरी स्कूलका छात्रा सुश्री शिसा पाण्डे सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् । वन्यजन्तु सप्ताहको अन्तिम दिन वैशाख ७ मा समापन समारोहका विच विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको छ ।