नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

कार्यक्रम / समाचार

उपलब्ध छैन

माननीय वन तथा भू–संरक्षण मन्त्रीज्यूलाई विभागको तर्फबाट ब्रिफिङ्ग

माननीय वन तथा भू–संरक्षण मन्त्री श्री शंकर भण्डारीज्यूलाई आज मिति २०७३।०५।१३ गतेका दिन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तर्फबाट ब्रिफिङ्गको आयोजना गरियो । ब्रिफिङ्गि अगाडि  माननीय मन्त्री ज्यूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक श्री कृष्ण प्रसाद आचार्य ज्यू लगायत विभागका सम्पूर्ण कर्मचारीहरुले हार्दिक स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । सो कार्यक्रममा वन  तथा भू–संरक्षण मन्त्रालयका सचिव श्री उदय चन्द्र ठाकुरज्यूको पनि सहभागिता रहेको थियो ।
ब्रिफिङ्ग कार्यक्रमको अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक श्री कृष्ण प्रसाद आचार्य ज्यूले  माननीय मन्त्रीज्यू समक्ष विभागको स्थापना, उद्देश्य, उपलब्धी, विद्यमान समस्या तथा चुनौतीहरु र अवसरहरु विषयमा रहेको जानकारीमुलक प्रस्तुती गर्नु भएको थियो । उक्त ब्रिफिङ्ग तथा स्वागत कार्यक्रममा माननीय वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीज्यूले विद्यमान व्यवस्थापनमा रहेका समस्याहरुलाई समाधान गर्दै जैविक विविधता र वन्यजन्तु संरक्षणमा नतिजामुलक कार्य गर्न निर्देशन  दिनु भयो ।