नेपाल सरकार
वन तथा भू-संरक्षण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

कार्यक्रम / समाचार

उपलब्ध छैन

माइतीघर मण्डलामा चित्रकला प्रतियोगिता

२२ औं वन्यजन्तु सप्ताह (वैशाख १–७), २०७४ को अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वैशाख ३ गते माइतीघर मण्डलामा आयोजना गरेको माध्यमिक विद्यालय स्तरीय चित्रकला प्रतियोगितामा ४२ विद्यायलका १०४ जना विद्यार्थीहरु सहभागी रहेको थियो । सो प्रतियोगितामा त्रियोग उच्च माध्यमिक विद्यायलका कृति कर्माचार्य प्रथम, ग्लोबल पाठशालाका समृद्धि राई दोस्रो, हिमश्रृंखला एकेडेमीका विमला तामाङ्ग तेस्रो भए । त्यस्तै त्रियोग उच्च माध्यमिक विद्यायलका सुभानी मल्ल, सैनिक आवासिय माध्यमिक विद्यायलका दमिन प्रजापति, सेन्ट जेभियर्स विद्यालयका सामर्थ मित्र र मञ्जुश्री बोर्डिङ्ग स्कूलका विना थापामगर सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् । वन्यजन्तु सप्ताहको अन्तिम दिन वैशाख ७ मा समापन समारोहका विच विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको छ ।