नेपाल सरकार
वन तथा भू-संरक्षण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

लाङ्टाङ राष्ट्रिय निकुन्ज

स्थापनाः २०३२ साल (सन् १९७६) 

म. क्षे. स्थापनाः २०५५ साल (सन् १९९८)

क्षेत्रफलः १,७१० वर्ग कि.मि.

 म. क्षे. क्षेत्रफलः ४२० वर्ग कि.मि.

यो राष्ट्रिय निकुञ्ज बागमती अञ्चलको रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका केही भागहरूमा फैलिएर उत्तरमा मित्रराष्ट्र चीनको सिमानासम्म पुगेको छ । लाङटाङ लिरुङ (७,२४३ मि.) र हिमालचुली (७,८६४ मि.) जस्ता हिमालहरूले यसलाई प्राकृतिक सुन्दरता प्रदान गरेका छन् । यस निकुञ्जबाट निस्केका नदीहरू त्रिशूली पश्चिमतर्फ र सुनकोशी पूर्वतर्फ बगेका छन  । यहाँ  खाटे सल्ला, गब्रे सल्ला, गुरास आदिका जगंलहरू पाइन्छन । कोणधारी जंगलमा पाइने एकमात्र पतझड सल्ला (लाङटाङ सल्ला) यस निकुञ्जको विशिष्ट सम्पत्ति हो ।
निकुञ्जलाई सुन्दर एवं आकर्षक बनाउन चितुवा, हाब्रे (रेड पाण्डा), कस्तुरी मृग, हिमाली भालु, थार, घोरल, रातो बाँदर, लङ्गुर जस्ता वन्यजन्तुहरू गहना भएका छन् । यस निकुञ्ज भित्र तिब्बती धर्मको “बोन पो” गुम्बा तथा सांस्कृतिक स्थलहरू छन् भने पुण्यस्थल गोसाइँकुण्ड हिन्दू धर्मावलम्बीहरूको केन्द्र बनेको छ । गोसाइँकुण्ड र वरिपरिका तालहरूलाई सन् २००७ मा अन्तर्राष्ट्रिय महत्वको सिमसारको सूचीमा राखिएको छ । सरकारले वि.सं. २०५५ मा मध्यवर्ती क्षेत्रको घोषणा गरेर स्थानीय जनताको आर्थिक–सामाजिक विकासमा टेवा पुर्याएको छ ।

राजधानीबाट नजिक र सडकले जोडिएको भए तापनि दुर्गम क्षेत्रमा रहेको यो राष्ट्रिय निकुञ्ज पदयात्री पर्यटकहरूका लागि निकै लोकप्रिय रहेको छ । पर्या पर्यटनको विकासबाट यहाँका स्थानीय बासिन्दाहरूको जीविकोपार्जनम प्रत्यक्ष रूपमा टेवा पुगेको छ


गुगल नक्शा