नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत | विश्‍व सिमसार दिवस- २०२४ उद्घाटन कार्यक्रम सम्पन्न

समाचार

Not Available
मिति:
माघ १४, २०७६
स्थान
None

नेपाल सरकारबाट मित्रराष्ट्र जनवादी गणतन्त्र चीन सरकारलाई एक जोडी एक सिंगे गैंडा उपहार हस्तान्तरण समा

नेपाल र चीन सरकार बीच वन्यजन्तु संरक्षणमा वैज्ञानिक सहयोग आदानप्रदान गर्नुका साथै दुवै देश वीच सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्यका साथ नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७३|३|२६ को बैठकबाट मित्रराष्ट्र जनवादी गणतन्त्र चीन सरकारलाई दुई जोडी एक सिंगे गैंडा (२ भाले र २ पोथी) उपहार दिने निर्णय अनुसार २०७५ आषाढ २८ गते  विशेष समारोह आयोजना गरी प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीबाट साइटिस निर्यात प्रमाणपत्र, प्रजाति उत्पति प्रमाणपत्र सहित एक जोडी एक सिंगे गैंडा (१ भाले–भद्र र पोथी–रुपसी) महामहिम Ms. Yu Hong नेपालका लागि चिनियाँ राजदुत मार्फत चीन सरकारलाई हस्तान्तरण गरिएको छ ।
गैंडा प्रदान गर्ने सम्बन्धमा वन तथा भू संरक्षण मन्त्रालय (हाल वन तथा वातावरण मन्त्रालय) र The State Forestry Administration (हाल, National Forestry and Grassland Administration), China का बीच सन् अप्रिल २०१७ मा सहमती पत्रमा हस्ताक्षर भएको र २५ जुन २०१८ मा नेपाल सरकार र चीन सरकार बीच सम्झौता भएको हो ।

गैंडा हस्तान्तरण कार्यलाई प्रभावकारी बनाउनको लागि नियमीत रुपमा नेपाल सरकार र चीन सरकार पक्ष बीच विभिन्न समयमा छलफल गरिएको छ । नेपाल सरकारका प्राविधिकहरुबाट गैंडा राख्ने स्थान र हावापानीको बारेमा अध्ययन भएको छ । साथै चीन सरकारका प्राविधिकहरुबाट पनि लामो समय व्यतित् गरी चितवन राष्ट्रिय निकुञ्जमा रहेका गैंडाहरुको बासस्थान अध्ययन तथा अवलोकन कार्य भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेका २ जोडी गैंडालाई capture गरी चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, सौराहामा booma मा राखी नजिकबाट अवलोकन गर्ने, नियमीत हेरचाह र स्वास्थ्य परिक्षण गर्ने कार्य पश्चात एक जोडी गैंडा (भाले र पोथी) हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएको गैंडाहरुको विवरण निम्नानुसार रहेको छ ।
लिङ्ग                                                भाले(भद्र)                                       पोथी(रुपसी)
उमेर                                              १ देखि २ वर्ष                                    १.५ देखि २ वर्ष
तौल                                         अनुमानित ९०० के.जी.                        अनुमानित १२०० के.जी.
क्याप्चर गरिएको स्थान    खोरियामुहान क्षेत्र, चितवन राष्ट्रिय निकुन्ज    सुखिभार क्षेत्र, चितवन राष्ट्रिय निकुन्ज
लम्बाई                                                 २.४ मि.                                           २.५ मि.
उचाई                                                   १.३ मि.                                           १.४ मि.
 गन्तव्य: Guangzhou Chemelong Group Co. LTD, Panyu Avenue, Panyu District, Guangzhou, P.R. China
 दुर्लभ वन्यजन्तुको संरक्षण एवं संरक्षण शिक्षा प्रवर्धनको लागि नेपाल सरकारद्वारा मित्र राष्ट्र भारत, संयुक्त राज्य अमेरिका, जापान, थाईल्याण्ड, अष्ट्रिया लागयतका मुलुकलाई २६ वटा गैंडा उपहार स्वरूप प्रदान गरिसकिएको छ ।

समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओलीले गैंडा हस्तान्तरण कार्यले नेपाल र चीन देश बिचको मित्रता अझ प्रगाढ हुने, दुइ देश बीचको सम्बन्धले गैंडा लगायत अन्य वन्यजन्तुहरुको चोरी शिकार नियन्त्रण गर्नमा समेत ठोस योगदान पुग्ने र विश्व समुदायलाई समेत सकारात्मक सन्देश दिन सफल हुने कुरामा जोड दिुन भयो । साथै गैंडा हस्तान्तरण कार्यले आगामी दिनहरुमा दुइ देश बीच अझ सुमधुर सम्बन्ध कायम भई वन्यजन्तु, वनजंगल र जैविकविविधता संरक्षणमा थप सहयोग र समन्वय हुने कुरामा समारोहका अध्यक्ष माननीय वन तथा वातावरण मन्त्री शक्ति बहादर बस्नेतले जोड दिनुभएको छ ।

समारोहका अध्यक्ष माननीय वन तथा वातावरण मन्त्री शक्ति बहादर बस्नेतले सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूको नेतृत्वको मन्त्रिपरिषदको मिति २०७३|३|२६ को बैठकबाट मित्रराष्ट्र जनवादी गणतन्त्र चीन सरकारलाई दुई जोडी एक सिंगे गैंडा उपहार दिने निर्णय अनुसार आज एक जोडी एक सिंग गैंडा हस्तान्तरण समारोहमा स्वयं सम्माननीय प्रधानमन्त्री उपस्थित भई राजदुत मार्फत चीन सरकारलाई हस्तान्तरण गर्नुभएकोमा सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यू प्रति हार्दिक कृतज्ञता साथै आभार व्यक्त गर्न गर्नुभयो । साथै एक सिंगे गैंडा हस्तान्तरण कार्यमा महत्वपूर्ण भूमिका खेल्नु भएका पूर्व मन्त्री अग्नी प्रसाद सापकोटा, चीन सरकारको तर्फबाट एक जोडी गैंडा उपहार ग्रहण गर्न आउनु भएका महामहिम राजदुत, गैंडा हस्तान्तरण कार्यमा संलग्न राष्ट्रसेवक कर्मचारीहरु, सम्पूर्ण सरकारी तथा गैह्रसरकारी व्यक्ति तथा संघ संस्थाहरु, संरक्षण साझेदार संस्थाहरु, सञ्चारकर्मीहरु तथा सबै संरक्षणप्रेमी महानुभावहरुप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।