नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

२९ औं वन्यजन्तु सप्ताह २०८१ शुरु | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत

समाचार

Not Available
मिति:
जेठ १४, २०७८
स्थान
None

शे-फोक्सुण्डो रा.नि.मा हिउँ चितुवामा जि.पि.एस. कलर जडान

नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय (. मन्त्रीस्तर) को मिति २०७५।०५।१५ गते को निर्णयानुसार शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, डोल्पामा ४ वटा हिउँ चितुवामा स्याटेलाईट जिपिएस कलार (Satellite GPS Collar) जडान गरी अध्ययन अनुसन्धान गर्न अनुमति प्राप्त भएकोमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व एवं राष्ट्रिय प्रकृति संरक्षण कोष र डब्लु.डब्लु.एफ. नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा आ.व. 2076/077 मा दुई वटा र यस बर्ष मिति २०७८।02।02 देखि सञ्चालित अनुसन्धानमा दुई वटा गरी चारैवटा हिउँ चितुवामा स्याटेलाईट जिपिएस कलार जडान गर्ने कार्य सम्पन्न भएको छ ।

 

मिति २०७८।02।02 गते देखि शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारी, WWF Nepal  राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक, चितवन राष्ट्रिय निकुञ्जका पशु स्वास्थ्य सहायक र हिउँचितुवा संरक्षणमा संलग्न स्थानिय नागरिक वैज्ञानिक (citizen scientists) समेत गरि ३० जनाको टोलीले शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको साल्दाङ ब्लकको निजाल गाउँलाई केन्द्र बनाएर स्याटेलाईट कलार जडान सम्बन्धी अनुसन्धान सञ्चालन गरेको थयो । यसै क्रममा मिति २०७८।०२।०५ (19 May 2021) मा साल्दाङ ब्लकको राप्का भन्ने क्षेत्रमा ३७ के.जी. तौलको अन्दाजी ७ वर्षको वयस्क भाले हिउँ चितुवाको घाँटिमा जिपिएस कलार जडान गरिएको छ ।उक्त हिउँ चितुवाको नाम घाङ्ग्री घापी हिउल राखिएको छ । अनुसन्धानमा खटिएको टोलीले मिति २०७८।०२।११ गते ( May 26, 2021) गते साल्दाङ ब्लककै धोरा भन्ने स्थानमा ३८ केजी तौल भएको अन्दाजी ६ वर्षको वयस्क भाले हिउँचितुवामा पनि कलार जडान गरेको छ । सो हिउँचितुवाको नाम लाङ्गेन  (Langyen) दिईएको छ ।(विस्तृत विवरण प्रेस विज्ञप्‍तीमा उल्लेख छ )