नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

२९ औं वन्यजन्तु सप्ताह २०८१ शुरु | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत

समाचार

Not Available
मिति:
माघ १४, २०७६
स्थान
None

महा-निर्देशक ज्यूको विदाई

(२०७३ वैशाख २३) वन सेवा अन्तर्गत  प्रकृति संरक्षणमा ३६ वर्ष भन्दा बढी अनवरत रुपमा कार्यरत रही हाल राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागबाट सेवा निवृत हुनुभएका महा-निर्देशक श्री फणीन्द्रराज खरेल  ज्यूको एक समारोह बीच विदाई कार्यक्रम सम्पन्न भयो | उक्त अवसरमा महानिर्देशक ज्युले विगतमा आफुले गरेका योगदानहरुको स्मरण गर्दै आफ्नो भावी दिनहरुमा संरक्षण कार्यमा लागि रहने प्रतिवद्धता ब्यक्त गर्नु भयो | सोहि अवसरमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका उप-महानिर्देशक श्री गोपाल प्रकाश भट्टराई ज्युले वहाँले संरक्षण कार्यमा गर्नु भएको योगदानको उच्च मुल्यांकन गर्दै भावी पुस्तालाई पनि संरक्षण कार्यमा प्रेरणाको श्रोत रही रहने धारणा ब्यक्त गर्दै राष्ट्रिय निकुन्ज र अन्तर्गतका समग्र कर्मचारीहरुको तर्फबाट मायाको चिनो उपहार प्रदान गर्नु भयो | उक्त अवसरमा राष्ट्रिय निकुन्ज विभाग र मातहतका कार्यालयका कर्मचारीहरु, नेपाली सेना रानी निर्देशनालय तथा संरक्षणमा सहयोगी साँझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरु,  वन विभागका पुर्व महानिर्देशक श्री माधव आचार्य लगायातका महानुभावहरुको उपस्थिति रहेको थियो |