नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

२९ औं वन्यजन्तु सप्ताह २०८१ शुरु | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत

समाचार

Not Available
मिति:
माघ १४, २०७६
स्थान
None

शुक्लाफाँटा राष्ट्रिय निकुन्ज र बर्दिया राष्ट्रिय निकुन्जमा गैडा स्थानान्तरण

नेपाल सरकार (सचिवस्तर) को मिति २०७१/०९/३० को निर्णय बमोजिम शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा ४ पोथी र १ भाले गरी ५ गैडा तथा बर्दिया राष्ट्रिय निकुन्जमा ५  भाले र २० पोथी गरी जम्मा २५ गैडा स्थानान्तरण गर्ने लक्ष्य अनुरुप  यस बर्ष (3-10 April, 2017 सम्म ) शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा ४ पोथी र १ भाले गरी ५ गैडा र बर्दिया राष्ट्रिय निकुन्जमा १ पोथी र २ भाले गरी जम्मा ३ वटा गैडा स्थानान्तरण गरिएको छ | बर्दिया राष्ट्रिय निकुन्जमा गत बर्ष २०७२ साल  फागुन महिनामा २ भाले र ३ पोथी गरी जम्मा ५ वटा गैडा स्थानान्तरण गरिएको   थियो | गत वर्षदेखि हालसम्म बर्दिया राष्ट्रिय निकुन्जमा स्थानान्तरित गैडाको संख्या ८ पुगेको छ र  यिनीहरुको नियमित अनुगमन भईरहेको छ | नेपाल सरकारको निर्णय बमोजिम शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा गैंडा स्थानान्तरणको लक्ष्य पुरा भएको छ र बर्दिया राष्ट्रिय  निकुन्जमा १७ गैडा स्थानान्तरण गर्न बाँकी रहेको छ |

उपरोक्त स्थानान्तरण कार्यको समग्र नेतृत्व राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण बिभागले गरेको थियो भने स्थानीयस्तरमा सम्वन्धित राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृतको नेतृत्वमा स्थानान्तरण कार्य सम्पन्न भयो | यस स्थानान्तरण कार्यको आर्थिक व्यवस्थापन संरक्षण साझेदार संस्थाहरु डब्लु डब्लु एफ नेपाल, हरियो वन कार्यक्रम, जेड एस एल नेपाल तथा राष्ट्रिय प्रकृति संरक्षण कोषबाट संयुक्त रुपमा भएको थियो  | चितवन राष्ट्रिय निकुन्जका वरिस्ठ पशु चिकित्सक डा. कमल प्रसाद गैह्रेको प्राविधिक नेतृत्वमा चितवन, शुक्लाफाँटा तथा बर्दिया राष्ट्रिय निकुन्जको कर्मचारी टोलि , नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लु डब्लु एफ नेपाल र जेड एस एल नेपालका प्राविधिक टोलीको संलग्नतामा गैंडा स्थानान्तरण कार्य सम्पन्न भयो | यस कार्यमा संलग्न हुनु हुने र प्रत्यक्ष  परोक्ष्य रुपमा सहयोग गर्नु हुने सम्पूर्ण कर्मचारीहरु, स्थानीय जनता, संरक्षणका साझेदार संस्थाहरु, सम्वन्धित निकायहरु र सरोकारवालाहरुलाई  राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण बिभाग धन्यबाद ज्ञापन गर्दछ |