नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत | विश्‍व सिमसार दिवस- २०२४ उद्घाटन कार्यक्रम सम्पन्न

समाचार

Not Available
मिति:
असार ८, २०७८
स्थान
ईन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौं

आ.ब. २०७८/७९ को योजना तर्जूमा गोष्ठी सम्पन्न

 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०७८/७९ को योजना तर्जुमा गोष्ठी मिति २०७७ फाल्गुण २ र ३ गतेका दिन ईन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौंमा सम्पन्न भयो ।

 योजना तर्जुमा गोष्ठीको उद्घाटन कार्यक्रमको सभापतित्व राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. दीपक कुमार खरालले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा वन तथा बातावरण मन्त्रालय, योजना, अनुगमन तथ समन्वय महाशाखा प्रमुख श्री प्रकाश लम्साल र अतिथिको रुपमा अर्थ मन्त्रालयका प्रतिनिधि श्री खेमेन्द्रमणी घिमिरे र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रतिनिधि, राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यकारी प्रमुख डा. सिद्धार्थ बज्र वज्राचार्य रहनु भएको थियो भने संरक्षित क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत, संरक्षण अधिकृत, सहायक संरक्षण अधिकृत तथा कर्मचारी, वन तथा वातावरण मन्त्रालयका योजना शाखाका कर्मचारी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका शाखा प्रमुख लगायत अधिकृतस्तरका कर्मचारी र संरक्षणका साझेदार संस्था डव्लु डव्लु एफ नेपाल, ZSL Nepal का प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

उद्‍घाटन शत्रमा पूर्व योजना तर्जुमा गोष्टीमा उपस्थित हुनु भएका प्रमुख अतिथि, अतिथी लगायत सहभागीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तर्फबाट विभागका अनुगमन तथा मूल्यांकन अधिकृत श्री किशोर कुमार मेहताले स्वागत गर्नुका साथै गोष्ठीको औचित्य माथि प्रकाश पार्नु भएको थियो भने अर्थ मन्त्रालयको तर्फबाट श्री खेमेन्द्र मणी घिमिरेले चालु आ.व. मा कुनै कार्यालयको अनिवार्य दायित्वका रकम पुगेन भनेर थप बजेट माग भएको देखियो, यसले सम्वन्धित कार्यालय, योजना तर्जुमा गोष्ठी गर्नेहरु र अर्थ मन्त्रालयमा छलफल गर्ने सवै माथि हाम्रो योजना तर्जूमा कस्तो थियो भनेर प्रश्न उठ्छ, त्यसैले अनिवार्य दायित्वमा थप बजेट माग्न नपर्ने गरि, सकेसम्म रकमान्तर, कार्यक्रम संशोधन गर्न नपर्ने गरी योजना तर्जुमा गर्न अनुरोध गर्नु भएको थियो भने प्रमुख अतिथिको तर्फबाट वन तथा वातावरण मन्त्रालय, योजना, अनुगमन तथा समन्वय महाशाखा प्रमुख (सहसचिव)  श्री प्रकाश लम्सालले तपाईहरुले जो बोल्न सक्दैन, जो कराउन सक्दैन त्यसको संरक्षण र व्यवस्थापनका लागि वजेट तथा कार्यक्रम तयार गरि रहनु भएको छ, कार्यक्रम प्रस्ताव गर्दा  स्पेशिफिकेशन सहित किन कहाँ र के का लागि गर्ने सो समेत उल्लेख गरौं जसले कार्यक्रम काटिनबाट जोगाउँछ । थप बजेट माग्नु अवैधानिक पनि रहेछ जुन योजनावद्द भएर आएको हुँदैन । त्यसैले थप बजेट, रकमान्तर, संशोधन गर्न नपर्ने गरी चौमासिक विभाजन समेत उपयुक्त हुने गरि योजना तर्जुमा गर्न अनुरोध गर्नु भएको थियो । उद्‍घाटन सत्रको अन्तमा सभापति एवं राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. दीपक कुमार खरालले कार्यक्रम वनाउँदा समस्या र चुनौतीलाई पहिचान गरी सोहीमा आधारित भएर र ऐन,नियम, निर्देशिकाले निर्देश गरेका विषयमा, आवधिक योजना, नीति रणनीति कहाँ टेकेर कार्यक्रम प्रस्ताव गरि रहेका छौं सो का साथै हाम्रा नर्मसलाई  समेत विचार गरी कार्यक्रम प्रस्ताव गरौं । नविनतम, रुपान्तरणकारी कार्यक्रम भए छोटो प्रस्ताव सहित कार्यक्रम प्रस्ताव गर्न अनुरोध गर्नु भएको थियो भने कार्यक्रम संचालन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका योजना अधिकृत (उपसचिव प्रा.) वेद कुमार ढकालले गर्नु भएको थियो ।

उद्‍घाटन सत्र पश्चात राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. दीपक कुमार खरालको सत्राध्यक्षमा शुरु भएको प्राविधिक सत्रमा प्रत्येक संरक्षित क्षेत्र कार्यालयका प्रमुखबाट कार्यक्रम प्रस्तुत भै  सो उपर विस्तृत छलफल भएको थियो ।