नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

२९ औं वन्यजन्तु सप्ताह २०८१ शुरु | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत

पंक्षी

चीर (Catreus wallichii)

चीर कालिज Galliformes Order र Phasianidae Family मा पर्दछ | समुद्र सतहबाट १४४५ मिटर देखि ३०५० मिटरको उचाइमा पश्चिम नेपालमा स्थानीय रुपमा यो रैथाने आवाशीय चरा हो | चीर कालिज भारत र पाकिस्तानमा पनि रैथाने हो | यो चरा नेपालको ढोरपाटन शिकार आरक्ष, अन्नपुर्ण संरक्षण क्षेत्रको कालिगण्डकी उपत्यका, रारा राष्ट्रिय निकुन्ज र अपिनाम्पा संरक्षण क्षेत्रमा यो चरा रेकर्ड गरिएको छ |  बैतडी जिल्लाको काफलपानी, धौकुडी, कसनी डाँडा र कुलाउ गाबिस; डोटीको तिस्मी डाँडा र कानाचौर गाबिस;  जुम्लाको धापा गाबिस र जुम्ला बजार; मुगुको धनैकोट गाबिस; अछामको बस्ती, बाताला, कुन्तीबन्दाली र भैरब स्थान गाबिस; हुम्ला जिल्लाको याल्बंग क्षेत्र  र  डोल्पा जिल्लाबाट पनि यो चराको रिपोर्ट गरिएको छ | ढोरपाटन शिकार आरक्ष र यस वरिपरिको क्षेत्रमा निरन्तर देखिने यो चरा अन्यत्र भने कमै मात्रामा देखेने गर्दछ | ग्लोबल रुपमा यस चराको संख्या ३०००-४००० सम्म भएको अनुमान छ | नेपालमा यस चराको संख्या बढीमा १००० वटा होलान भनेर अनुमान गरिएको छ | विश्वब्यापी रुपमा आइयुसीएनले यस चरालाई संवेदनशीलको सुचिमा राखेको छ भने नेपाल बर्ड रेड डाटा बुकले  यसलाई संकटापन्नको सुचिमा राखेको छ | नेपालको राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित पन्छीको रुपमा अनुसूची १ मा सुचिकृत गरेको छ | साइटिसले पनि यसलाई अनुसूची १ मा नै सुचिकृत गरेको छ |

थप जानकारीका लागि:- Inskipp et al. 2016.