नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत | विश्‍व सिमसार दिवस- २०२४ उद्घाटन कार्यक्रम सम्पन्न

पंक्षी

कालो गरुड (Ciconia nigra)

कालो गरुड चरा Ciconiiformes Order र Ciconiidae Family मा पर्दछ | नेपाल, भुटान, चीन, भारत,  म्यानमार, पाकिस्तान, मध्यपूर्व लगाएत एशियाका प्राय देशहरुमा यो चरा पाइन्छ | नेपालमा कालो गरुड हिउदे आगन्तुक हो र यसको वितरण व्यापक फैलिएको हुनाले प्राय क्षेत्रमा १००० मिटर तल (भ्रमण मार्गमा २९२५ मिटर सम्म) पाइन्छ | चितवन र बर्दिया राष्ट्रिय निकुन्ज तथा शुक्ला, पर्सा र कोशिटप्पू वन्यजन्तु आरक्षमा यस चराको नियमित रेकर्ड भएको छ | संरक्षित क्षेत्र भन्दा बाहिर दांगदेउखुरी वन (२००९), कास्कीको पोखरा र बेगनास तालक्षेत्र (२००७|२०१२), धरानको वन (१९९८), नवलपरासीको गैडाकोट (२०१२) र भ्रमणमार्गको ढोरपाटन शिकार आरक्षमा २९२५ मिटर उचाई (१९८१ |१९९८) मा र मकालु बरुण राष्ट्रिय निकुन्जमा (१९९५-९६) पनि यो चराको रेकर्ड भएको छ | संसारमा यस चराको संख्या २४००० देखि ४४००० सम्म होलान भनी अनुमान गरिएको छ | नेपालमा यस चराको संख्या बढीमा १००० वटा होलान भनेर अनुमान गरिएको छ | विश्वब्यापी रुपमा आइयुसीएनले यस चरालाई सामान्य अवस्थाको सुचिमा राखेको छ भने नेपाल बर्ड रेड डाटा बुकले यसलाई संवेदनशीलको सुचिमा राखेको छ | नेपालको राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित पन्छीको रुपमा अनुसूची १ मा सुचिकृत गरेको छ | तर साइटिसले भने यसलाई अनुसूची २ मा सुचिकृत गरेको छ |

थप जानकारीका लागि:- Inskipp et al. 2016.