आ.ब. २०८३/८४ को योजना तर्जूमा गोष्ठी सम्पन्न ।

आ.ब. २०८३/८४ को योजना तर्जूमा गोष्ठी सम्पन्न ।

संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब.२०८३/८४ को योजना तर्जुमा गोष्ठी मिति २०८२ चैत्र ५ र ६ गतेका दिन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको सभाहलमा सम्पन्न भयो । गोष्ठीको उद्घाटन कार्यक्रमको अध्यक्षता राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.बुद्धि सागर पौडेलले गर्नु भएको थियो गोष्ठीको प्रमुख आतिथ्य माननीय वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईले गर्नु भएको थियो भने विशेष अतिथिको रुपमा वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा रहनु भएको थियो ।गोष्ठीमा अतिथिको रुपमा वन तथा वातावरण मन्त्रालय, योजना, अनुगमन तथा समन्वय महाशाखा प्रमुख डा. राजेन्द्र के.सी,  मन्त्रालय अन्तरगतका विभागहरु वन तथा भू- संरक्षण विभाग, वातावरण विभाग, वनस्पति विभाग, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, रेड कार्यान्वयन केन्द्रका महानिर्देशक एवं प्रमुखहरुका साथै SAWEN सचिवालयका महासचिव, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय, संरक्षण साझेदार संस्थाहरु राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लु डब्लु एफ नेपाल, ZSL Nepal , एकिकृत भू-परिधि व्यवस्थापन कार्यक्रमका प्रमुख एवं प्रतिनिधिज्यूहरुको उपस्थिति रहेको थियो । त्यसै गरि कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग अन्तर्गतका संरक्षित क्षेत्र कार्यालयका प्रमुखहरु बरिष्ठ संरक्षण अधिकृत, संरक्षण अधिकृत, विभागका शाखा प्रमुख लगायतका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सहभागीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक एवं योजना तथा अनुगमन महाशाखा प्रमुख श्री वेद कुमार ढकालले स्वागत गर्नुका साथै गोष्ठीको औचित्य माथि प्रकाश पार्नु भएको थियो ।कार्यक्रम संचालन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका बरिष्ठ योजना अधिकृत श्री पुरुषोत्तम शर्माले गर्नु भएको थियो ।

योजना तर्जुमा गोष्ठीमा संरक्षित क्षेत्र कार्यालयका प्रमुखहरुले आगामी आ.ब. २०८३/८४ का लागि आ-आफ्नो कार्यालयको लागि आवश्यक पर्ने बजेट तथा कार्यक्रम प्रस्तुत गर्नु भइ सो उपर छलफल भएको थियो । उक्त गोष्ठीमा संरक्षणका साझेदार संस्थाहरुले समेत आ-आफ्नो संस्थाको कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । दुइ दिनको यस गोष्ठीको समापनमा विभागको योजना शाखाले  आगामी आ.ब.२०८३/८४ का लागि प्राप्त सिलिङ र सो सिलिङ भित्र प्रस्तावित कार्यक्रम सवै समावेश गर्न आई पर्ने कठीनाईहरुका बारेमा प्रस्तुत गर्नु भएको थियो भने बजेट कार्यान्वयन लगायत संरक्षित क्षेत्रको संरक्षण र व्यवस्थापनमा संरक्षित क्षेत्र कार्यालयका प्रमुख लगायत वन तथा वातावरण मन्त्रालयले गर्नु पर्ने भूमिकाका बारेमा विभागका उपमहानिर्देशक वेद कुमार ढकालले मन्तव्य व्यक्त गर्नु भएको थियो । त्यसै गरि  वन तथा वातावरण मन्त्रालय, योजना, अनुगमन तथा समन्वय महाशाखा प्रमुख, वन तथा वातावरण मन्त्रालयका सचिवज्यूले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग लगायत संरक्षित क्षेत्र कार्यालयका प्रमुखहरुलाई हालका दिनमा गरेको योगदानको कदर गर्दै  देशको बदलिदो परिस्थिती अनुसार संरक्षित क्षेत्रको संरक्षण र व्यवस्थापनमा लाग्न आवश्यक सुझाव तथा निर्देशन दिनु भएको थियो । योजना तर्जुमा गोष्ठीको समापन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. बुद्धि सागर पौडेलले गर्नु भएको थियो ।