national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

मनास्लू संरक्षण क्षेत्र कार्यालय

स्थापनाः २०५५ साल (सन् १९९८)

राजपत्रमा सूचना प्रकाशित मितिः २०५५/०९/१३

क्षेत्रफलः १,६६३ वर्ग कि.मि.

गोरखा जिल्लामा रहेको यो संरक्षण क्षेत्र उत्तरमा मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमाना, पश्चिममा अन्नपूर्ण संरक्षण क्षेत्रको सीमानासम्म फैलिएको छ। यस क्षेत्रको उँचाइ ६०० मि. देखि संसारको आठौं अग्लो चुचुरो मनास्लु (८,१६३ मि.) सम्म फैलिएको छ ।

यस संरक्षण क्षेत्रमा हिउँ चितुवा, कस्तुरी मृग, नाउर, झारलका साथै करिब ११० प्रजातिका पंक्षी, ३ प्रजातिका सर्प र २०० भन्दा बढी प्रजातिका हिमाली वनस्पतिहरू पाइन्छन् ।

यो क्षेत्र सन् १९९१ पछि मात्र विदेशीहरुका लागि खुला गरिएको हो । गोरखा सदरमुकामबाट बुढीगण्डकी नदीको तीरैतीर लार्के भञ्ज्याङ (५१०६ मी.) नाघेर करिब १० दिनको पदयात्रापछि यस क्षेत्रमा पुग्न सकिन्छ। नेपाल सरकारले २० वर्षका लागि मनास्लु संरक्षण क्षेत्र व्यवस्थापन गर्न राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिएको छ।

अत्यन्त सुन्दर प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न यस क्षेत्रमा करिब ७,००० स्थानीय गुरुङ (भोटिया) जातिहरूको बस्ती रहेको छ। उनीहरूको रहनसहन तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो छ भने मुख्य पेशा पशुपालन तथा कृषिमा आधारित छ । हिउँदे मौसममा उनीहरू कामको खोजीमा तल्लो क्षेत्रमा झर्ने गर्दछन् ।