४२ औं वार्डेन सेमिनार तथा २४ औं म. क्षे. व्य. समितिका अध्यक्षहरुको भेला सम्पन्न
४२ औं संरक्षित क्षेत्र प्रमुखहरुको सम्मेलन (वार्डेन सेमिनार) र २४ औं मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरुको भेला मिति २०८३ आषाढ ११ गते देखि ऐ १३ गतेसम्म होटल पार्क भिलेज, बुढानिलकण्ठमा संचालन भई सम्पन्न भयो । कार्यक्रमको उद्घाटन राष्ट्रिय योजना आयोगका माननीय सदस्यले गमलामा पानी सिंचित गरि गर्नु भएको थियो भने कार्यक्रमको समापन समारोह कृषि, वन तथा पर्यावरण मन्त्री माननीय गिता चौधरीज्यूको प्रमुख
आतिथ्यमा भएको थियो । सम्मेलनमा अधिराज्य भरिका संरक्षित क्षेत्र कार्यालयका प्रमुखहरु, संरक्षित क्षेत्रको संरक्षणका लागि खटिएका नेपाली सेनाका प्रमुखहरु र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षज्यूहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. बुद्धि सागर पौडेलले गर्नु भएको थियो भने कार्यक्रमको संचालन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका बरिष्ठ संरक्षण शिक्षा अधिकृत श्री ऋषि रानाभाटले गर्नु भएको थियो ।