Government of Nepal
Ministry of Forests and Environment
Department of National Parks and Wildlife Conservation

२९ औं वन्यजन्तु सप्ताह २०८१ शुरु | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत

News

Not Available Date:March 18, 2024, 3:45 p.m.
Location:
Babarmahal, kathmandu

संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न ।

संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को लागि योजना तर्जुमा गोष्ठी  प्रमुख अतिथि एवं वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपक कुमार खरालज्यूबाट उद्घाटन भई फाल्गुण २०-२२,२०८०  सम्पन्न भएको  छ । गोष्ठीको सभापतित्व राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धु प्रसाद ढुंगानाले गर्नु भएको थियो भने कार्यक्रममा उपस्थित हुनु भएका अतिथि एवं सहभागीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक श्री वेद कुमार ढकालले स्वागत गर्नुका साथै गोष्ठीको औचित्य माथि प्रकाश पार्नु भएको थियो । योजना तर्जूमा गोष्ठीमा वन तथा वातावरण मन्त्रालय, योजना, अनुगमन  तथा समन्वय महाशाखा प्रमुख, राष्ट्रिय योजना आयोगका  प्रतिनिधि, राष्ट्रिय निकुञ्ज विभागका शाखा प्रमुखहरु, संरक्षित क्षेत्र कार्यालयका प्रमुखहरु, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय, संरक्षणका साझेदार संस्थाका प्रमुख एवं प्रतिनिधिज्यूहरु, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र संरक्षित क्षेत्र कार्यालयका कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो । उद्‍घाटन कार्यक्रमको संचालन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका बरिष्ठ योजना अधिकृत श्री हरिभद्र आचार्यले गर्नु भएको थियो । उद्घाटन शत्र पश्चात प्राविधिक शत्र संचालन गरिएको थियो । प्राविधिक शत्रमा विभागका बरिष्ठ योजना अधिकृतले राष्ट्रिय योजना आयोग, वन तथा वातावरण मन्त्रालय र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका बजेट प्रस्ताव गर्ने मार्गदर्शन बारे प्रस्तुत गर्नु भएको थियो भने संरक्षणका साझेदार संस्थाहरु राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लु डव्लु एफ नेपाल, जेड एस एल नेपालले आ‍-आफ्नो कार्यालयको प्रस्तावित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो साथै महानिर्देशक तथा उपमहानिर्देशकज्यूहरुबाट आवश्यक निर्देशनहरु दिनु भएको थियो ।  योजना तर्जुमा गोष्ठीमा विभागले कार्यालयहरुलाई उपलव्ध गराएको सीमामा संरक्षित क्षेत्र कार्यालयका प्रमुख र योजना हेर्ने कर्मचारी स्वयंले आ-आफ्नो कार्यालयको बजेट तथा कार्यक्रम LMBIS मा प्रविष्ट गर्नु भएको थियो । LMBIS प्रविष्ट गर्ने कार्यमा योजना शाखाका कर्मचारीले समन्वय गर्नु भएको थियो ।