स्थापनाः २०३२ साल (सन् १९७६) क्षेत्रफलः १७५ वर्ग कि.मि
म. क्षे. स्थापनाः २०६१ साल म. क्षे. क्षेत्रफलः १७३ वर्ग कि.मि.
१ नं.प्रदेश अन्तर्गत सुनसरी र सप्तरी जिल्लामा सप्तकोशी नदीले बनाएको टापूमा यो आरक्ष अवस्थित छ । आरक्षको मुख्य उद्देश्य नेपालमा अति दुर्लभ मानिएको अर्ना (जंगली भैंसी) को संरक्षण गरी अर्नाको संख्या बृद्धि गराउनु हो । यो आरक्ष नदीको बालुवाबाट बनेको टप्पु भएको कारण यहाँ प्रायः सिसौ र खयरको जंगल पाइन्छ । सन् २०१८ को गणना अनुसार अर्नाको संख्या ४४१ पुगेको छ । यो आरक्ष चराहरूको मुख्य बासस्थानका रूपमा रहेको छ । हाँसका विभिन्न जातहरू, दुई किसिमका लालसर र धेरै किसिमका बकुल्ला, गरुड ९क्तयचप०, सारस र अन्य पानी चराहरू समेत गरी करिब ४९० प्रजातिका चराहरू यहाँ पाइन्छन् । यिनै कारणबाट यस आरक्षलाई सन् १९८७ मा रामसार सूचीमा समावेश गरिएको छ । यस आरक्षलाई उत्तरमा चतरा क्षेत्र र कोशी नदी तथा उदयपुर जिल्लाको त्रिजुगा क्षेत्रमा विस्तार गर्न सकेमा पूर्वाञ्चल क्षेत्रको एउटा महत्वपूर्ण संरक्षित क्षेत्रको रुपमा विकास गर्न सक्ने देखिन्छ । जलचरहरूमा घडियाल तथा मगरगोही, सोंस (Stork), र विभिन्न किसिमका माछाहरू यस आरक्षका विशेषता हुन् । चरा अवलोकन गर्न इच्छुक पर्यटकहरूले यस आरक्षको भ्रमण गर्ने गरेका छन् । पर्यटनको माध्यमबाट स्थानीय समुदायमा रोजगारीका अवसरहरू सृजना भई जीविकोपार्जनमा टेवा पुगेको छ । आरक्षको आम्दानीबाट प्राप्त हुने बजेटबाट मध्यवर्ती क्षेत्रमा संरक्षण, विकास तथा आयआर्जनका कार्यक्रमहरू संचालन भएका छन् ।