नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

उपमहानिर्देशक श्री वेद कुमार ढकालसंग फेरी भेटौला कार्यक्रम । | सम्पत्ति शुद्धिकरण सम्वन्धी समझदारीपत्र (MOU) मा हस्ताक्षर सम्पन्‍न । | राष्ट्रिय निकुञ्ज विभाग र अमेरिकी पिसकोर/नेपाल वीच वैठक सम्पन्न ।

चितवन राष्ट्रिय निकुन्ज

No image

स्थापनाः २०३० साल (सन् १९७३) 

म. क्षे. स्थापनाः २०५३ साल (सन् १९९६)

क्षेत्रफलः ९५२.६३ वर्ग कि.मि.

म. क्षे. क्षेत्रफलः ७२९.३७ वर्ग कि.मि.

प्रदेश नं. २,३ र ४ का  चितवन, मकवानपुर, पर्सा र  नवलपरासी जिल्लाका केही भू–भागहरूमा फैलिएको यो राष्ट्रिय निकुञ्ज नेपालको पहिलो राष्ट्रिय निकुञ्ज हो । यसको क्षेत्रफल ९५२.६३ वर्ग कि.मि. रहेको छ । यस निकुञ्जले चुरे पहाड, राप्ती, नारायणी र रिउ नदीका मुख्य क्षेत्रहरूलाई समेटेको छ । निकुञ्जको करिब ७० प्रतिशत वन क्षेत्र सालको जंगलले ढाकेको छ । सन् २००० मा यो राष्ट्रिय निकुञ्ज ५४४ भन्दा बढी एकसिंगे गैंडालाई संरक्षण दिन सक्षम भएको थियो । तर, देशमा चलेको राजनीतिक द्वन्द्वका कारण सुरक्षा नीतिमा केही परिवर्तन भएपछि बढेको चोरी शिकारले गैंडाको संख्या सन् २००५ मा ३७२ वटामा झर्‍यो । संरक्षणको अथक प्रयासबाट सन् २०११ मा गैंडाको संख्या बढेर ५०३ पुगेको थियो भने सन् २०१५ मा यो संख्या बढेर ६०५ पुगेको छ ।


यस निकुञ्जमा गैंडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुर लगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छन् । सन् २०१८ को बाघ गणना अनुसार ९३ वटा वयस्क पाटे बाघ यस निकुञ्जमा रहेका छन् । यसैगरी घडियाल गोही, मगर गोही, अजिङ्गर लगायत सरिसृप तथा उभयचर, बसाई सरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुङ्गी र विभिन्न किसिमका कीरा फट्याङ्ग्राहरूले यस निकुञ्जलाई अझ धनी बनाएका छन् । यिनै प्राकृतिक महत्वका वस्तुहरूको संरक्षणलाई ध्यानमा राखी सन् १९८४ मा चितवन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ ।


वि.सं. २०५३ मा निकुञ्ज वरपरको ७५० वर्ग किलोमिटर क्षेत्रफल ओगटेर मध्यवर्ती क्षेत्रको घोषणा गरिएको थियो । हाल सो क्षेत्रमा संरक्षण र विकासका विभिन्न गतिविधिहरू संचालन भईरहेका छन् । मध्यवर्ती क्षेत्रमा पर्ने बीसहजारी ताललाई सन् २००३ मा अन्तर्राष्ट्रिय महत्वको सिमसार  क्षेत्रको रुपमा सूचीकृत गरिएको छ । यस निकुञ्जले बाल्मीकि आश्रम र विक्रमबाबा जस्ता धार्मिक स्थलहरूको संरक्षण गरी स्थानीय धार्मिक परम्परालाई पनि सँगालेर राखेको छ । स्थानीय बासिन्दाहरूको जीविकोपार्जनमा सहयोग पु¥याउन प्रत्येक वर्ष कम्तीमा एक हप्ताको लागि खर, ढड्डी आदि संकलन गर्नका लागि राष्ट्रिय निकुञ्ज खुला गरिन्छ । वर्षेनी हजारौंको संख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरू यस राष्ट्रिय निकुञ्जको भ्रमणमा स्थानीय बासिन्दालाई रोजगारीको अवसर प्राप्त हुनुका साथै राजस्व संकलनमा समेत टेवा पुगेको छ ।

गूगल नक्शा