नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत | विश्‍व सिमसार दिवस- २०२४ उद्घाटन कार्यक्रम सम्पन्न

उद्धेश्य

नेपालको स्थानगत जैविकि विविधताको संरक्षण गर्ने प्रमुख उद्देश्यका साथ स्थापित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र सो अन्तरगतका राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रको विशिष्ट उद्देश्यहरु

  • नेपालको विभिन्न भौगोलिक क्षेत्रमा रहेका पारिस्थितिकीय प्रणालीहरुको (Ecosystems) संरक्षण गर्नु,
  • सङकटापन्न, दुर्लभ र महत्वपूर्ण वन्यजन्तु वनस्पति (Fauna and Flora) लगायत जैविक विविधता संरक्षण गर्नु,
  • वन्यजन्तु, वनस्पति र तिनको बासस्थान संरक्षण एवं व्यवस्थापनको लागि अध्ययन अनुसन्धान गर्नु,
  • अद्वितीय सौन्दर्यका भू–दृष्यहरु सिमसार, हरियाली, पहाड, हिमाल , पदयात्रा र मनोरञ्जनको दृष्ट्रिकोणले महत्वपूर्ण मानिएका क्षेत्रहरुको संरक्षण गर्नु ,
  • संरक्षित क्षेत्रहरुभित्र र आसपासमा बसोवास गर्ने बासिन्दाहरु एवं समुदायहरुको परम्परागत रिती रिवाज एवं सांस्कृतिको जर्गेना गर्न टेवा पुर्याउनु,
  • मध्यवर्ती क्षेत्र व्यवस्थापन कार्यक्रमबाट स्थानीय बासिन्दाहरुको अर्थपूर्ण सहभागितामा संरक्षण तथा सामुदायिक विकासका कार्यक्रमहरु सञ्चालन गर्नु ।