नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

CBAPU DAY Program | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८०/८१ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | Starting 3rd Asian Rhino committee meeting

कोशी टप्पु वन्यजन्तु आरक्ष

No image

स्थापनाः २०३२ साल (सन् १९७६)          क्षेत्रफलः १७५ वर्ग कि.मि
म. क्षे. स्थापनाः २०६१ साल                 म. क्षे. क्षेत्रफलः १७३ वर्ग कि.मि.


१ नं.प्रदेश अन्तर्गत  सुनसरी र सप्तरी जिल्लामा सप्तकोशी नदीले बनाएको टापूमा यो आरक्ष अवस्थित छ । आरक्षको मुख्य उद्देश्य नेपालमा अति दुर्लभ मानिएको अर्ना (जंगली भैंसी) को संरक्षण गरी अर्नाको संख्या बृद्धि गराउनु हो । यो आरक्ष नदीको बालुवाबाट बनेको टप्पु भएको कारण यहाँ प्रायः सिसौ र खयरको जंगल पाइन्छ । सन् २०१८ को गणना अनुसार अर्नाको संख्या ४४१ पुगेको छ । यो आरक्ष चराहरूको मुख्य बासस्थानका रूपमा रहेको छ । हाँसका विभिन्न जातहरू, दुई किसिमका लालसर र धेरै किसिमका बकुल्ला, गरुड ९क्तयचप०, सारस र अन्य पानी चराहरू समेत गरी करिब ४९० प्रजातिका चराहरू यहाँ पाइन्छन् । यिनै कारणबाट यस आरक्षलाई सन् १९८७ मा रामसार सूचीमा समावेश गरिएको छ । यस आरक्षलाई उत्तरमा चतरा क्षेत्र र कोशी नदी तथा उदयपुर जिल्लाको त्रिजुगा क्षेत्रमा विस्तार गर्न सकेमा पूर्वाञ्चल क्षेत्रको एउटा महत्वपूर्ण संरक्षित क्षेत्रको रुपमा विकास गर्न सक्ने देखिन्छ । जलचरहरूमा घडियाल तथा मगरगोही, सोंस (Stork),  र विभिन्न किसिमका माछाहरू यस आरक्षका विशेषता हुन् । चरा अवलोकन गर्न इच्छुक पर्यटकहरूले यस आरक्षको भ्रमण गर्ने गरेका छन् । पर्यटनको माध्यमबाट स्थानीय समुदायमा रोजगारीका अवसरहरू सृजना भई जीविकोपार्जनमा टेवा पुगेको छ । आरक्षको आम्दानीबाट प्राप्त हुने बजेटबाट मध्यवर्ती क्षेत्रमा संरक्षण, विकास तथा आयआर्जनका कार्यक्रमहरू संचालन भएका छन् ।

गूगल नक्शा