नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

संरक्षित क्षेत्रहरुको आ .ब. २०७९/८० को बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न | Global Tiger Day- 29 July 2023 | राष्ट्रिय निकुञ्ज विभागमा नवनियुक्त महानिर्देशक डा. सिन्धु प्रसाद ढुंगानालाई स्वागत ।

शुक्ला फाँटा राष्ट्रिय निकुञ्ज

No image

स्थापनाः २०३१ साल (सन् १९७६) म. क्षे. स्थापनाः २०६१ साल (सन् २००४)
क्षेत्रफलः ३०५ वर्ग कि.मि. म. क्षे. क्षेत्रफलः २४३.५ वर्ग कि.मि.

यो राष्ट्रिय निकुन्ज ७ नं. प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लाको नेपाल–भारत सिमानामा दक्षिण पश्चिम कुनामा अवस्थित छ । महाकाली नदीको पुरानो बहाव क्षेत्र भएको कारण विकसित हुनआएका फाँटाहरू, धाप र सिमभूमि यस निकुन्जको प्रमुख विशेषता हो । निकुन्जका कारण नेपालको पश्चिमी तराईमा पाइने वन्यजन्तु तथा चराचुरुङ्गीहरूको बासस्थानको संरक्षण हुन पुगेको छ ।

यो निकुन्ज बाह्रसिंगाको लागि प्रसिद्ध छ । सन् २०१४ मा यस निकुन्जमा २,३०१ वटा बाह्रसिंगा गणना गरिएको छ । यो निकुन्ज जंगली हात्तीका लागि पनि उत्तिकै प्रख्यात छ । यहाँ करिब २०–२५ वटा जंगली हात्ती रहेका छन् । सन् २०१७ को गणना अनुसार यस निकुञ्जमा एकसिंङ्गे  गैडाको संंख्या १६ वटा रहेको छ भने सन्  २०१८ मा गरिएको गणना अनुसार यस निकुन्जमा बाघको संख्या १६ रहेको छ । निकुन्जको अधिकतम भाग सालको जंगलले ढाकिएको छ । बाँकी सिसौ र खयरको जंगल र घाँसे मैदान छ । जंगली हात्ती, पाटेबाघ, चितुवा, घोडगधा, बाह्रसिंगा, जरायो, चित्तल, लगुना जस्ता स्तनधारी जनावर यस निकुन्जका प्रमुख वन्यजन्तु हुन् । त्यस्तै रानी ताल तथा अन्य स–साना तालहरूमा मगर गोहीहरू प्रशस्त पाइन्छन् भने रैथाने र बसाई सरी आउने गरी ४२४ भन्दा बढी चराचुरुङ्गीहरू पाइन्छन् ।

वन्यजन्तु अवलोकनका लागि यो निकुन्ज स्वर्ग मानिन्छ । मध्यवर्ती क्षेत्रमा सहभागितामूलक संरक्षण, विकास र आयआर्जनका विभिन्न कार्यक्रमहरू संचालनमा रहेका छन् । निकुन्जभित्र रहेको बस्ती स्थानान्तरण गर्दाको जग्गा समस्या समाधान नहुनु र चरिचरण यस निकुन्जको प्रमुख समस्याको रूपमा रही आएको छ ।

थप जानकारीको लागि:http://shuklaphantanationalpark.gov.np/

गूगल नक्शा