नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

विश्‍व वातावरण दिवसको उपलक्ष्यमा वन परिसर सरसफाई | माननीय वन तथा वातावरण मन्त्री डा. विरेन्द्र प्रसाद महतोलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत | वन्यजन्तु सप्‍ताहको उपलक्ष्यमा सम्माननीय प्रधानमन्त्रीज्यूको शुभ-कामना सन्देश

रारा राष्ट्रिय निकुन्ज

No image

स्थापनाः २०३२ साल (सन् १९७६)  

क्षेत्रफलः १०६ वर्ग कि.मि.

म. क्षे. स्थापनाः २०६३ साल (सन् २००६) 

म. क्षे. क्षेत्रफलः १९८ वर्ग कि.मि.

यस राष्ट्रिय निकुञ्जका अधिकतम भाग मुगु र केही भाग जुम्ला जिल्लामा पर्दछ । निकुञ्जको मुख्य आकर्षण मनोरम हिमाली काखमा हरिया वनजंगलले घेरिएको कञ्चन पानी सल्बलाउने रारा ताल नै हो । यस तालको क्षेत्रफल १०.६५ वर्ग कि.मी. छ । यस तालको लम्बाइ करिब ५ कि.मी., चौडाइ ३ कि.मी. र गहिराई १६७ मिटर छ । नेपालको सबभन्दा ठूलो तालको रूपमा रहेको रारा ताल सन् २००७ मा रामसार सूचीमा सूचीकृत हुनुले यसको अन्तर्राष्ट्रिय महत्वलाई समेत दर्शाउँछ । तालको दक्षिणतर्फ चुचेमारा टाकुरा (४०८७ मि.), उत्तरतर्फ रुम काँध (६७३१ मि.) र मालिका काँध (३४४४ मि.) जस्ता चुचुराहरू पर्दछन् । यिनीहरूले रारा राष्ट्रिय निकुञ्जको मनोरम प्राकृतिक दृश्य एवं सुन्दरतालाई अझ गाढा तुल्याएका छन् ।
नेपालका अन्य हिमाली राष्टिय निकुञ्ज सरह नै हिमाली कालो भाल, थार, हाब्रे, घोरल, रतुवा, कस्तुरी मृग, बँदेल आदि गरी ५१ प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छन् । यस निकुञ्जमा डाँफे, मोनाल लगायत २७२ प्रजातिका चराचुरुङ्गी पाइन्छन् । निकुञ्ज अन्तर्गत रारा ताल र वरिपरिको कोणधारी वन क्षेत्र स्थानीय र बसाई सरी आउने विभिन्न चराचुरुङ्गीहरूको उपयुक्त बासस्थान बन्न पुगेको छ । यहाँ नेपालका ७ मध्ये ३ प्रजातिका रैथाने असला माछा पाइन्छन् । पर्या पर्यटनको अधिकतम सम्भावना भए तापनि भौगोलिक विकटता र यातायातको अभावको कारण यहाँ पर्यटनको समुचित विकास हुन बाँकी नै रहेको छ । मध्यवर्ती क्षेत्रको मुख्य आम्दानीको स्रोत नै निकुञ्जको पर्यटन भएकाले मध्यवर्ती क्षेत्रको आम्दानी पनि न्यून रहेको छ ।

गूगल नक्शा