नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

११औं अन्तराष्‍ट्रिय हिउँ चितुवा दिवस- २०८१ कार्तिक ७ (सन् २०२४ अक्टोवर, २३) | राष्ट्रिय संरक्षण दिवस २०८१ ( ७ असोज २०८१) सम्पन्न | विश्‍व बाघ दिवस ( Global Tiger Day, 29 July 2024)

कंचनजङ्घा संरक्षण क्षेत्र

No image

स्थापनाः २०५४ साल (सन् १९९७)

 क्षेत्रफलः २,०३५ वर्ग कि.मि.


यो संरक्षण क्षेत्र ताप्लेजुङ्ग जिल्लाको उत्तरतर्फका ४ गा.वि.स. मा पर्दछ । अग्ला टाकुराहरू र ठूला हिमनदीहरूको निम्ति प्रख्यात कञ्चनजङ्घा क्षेत्रले वातावरणीय तथा सांस्कृतिक विशिष्टता राख्दछ । दुर्लभ वन्यजन्तुको वासस्थान, विविध वनस्पति तथा जनजातिको सम्मिश्रण रहेको यस क्षेत्रको सिमाना मित्रराष्ट्र भारत र चीनसँगै जोडिएकोले सीमापार संरक्षण  का निम्ति पनि अद्वितीय अवसर प्रदान गर्दछ ।

विशिष्ट पारिस्थितिकीय प्रणाली र हिउँ चितुवा, कस्तुरी मृग, हिमाली भालु, ब्वाँसो जस्ता दुर्लभ वन्यजन्तुले यस क्षेत्रको महइभ्व बढाएका छन् । देशको सुदूर पूर्वोत्तर भागमा रहेको कंचनजङ्घा संरक्षण क्षेत्र प्रकृति संरक्षणको दृष्टिले निकै महत्वपूर्ण भू–भाग हो । पूर्वी नेपालमा प्रशस्त मात्रामा पानी पर्ने भएकाले यहाँको वातावरणमा निकै आद्र्रता पाइन्छ । उच्च भू–भागमा रहेको यस क्षेत्रका अनेकौं स्थलहरूमा पुग्न निकै कठिन छ । त्यसैले यस क्षेत्रको संरक्षण तथा व्यवस्थापन कठिन र चुनौतिपूर्ण रहँदै आएको छ ।

हालैका वर्षहरूमा सरकारले प्राकृतिक स्रोतहरूको संरक्षणका लागि उपभोक्ता समूह र स्थानीय जनसमुदायलाई नै संलग्न गराउँदै लैजाने नीति अंगीकार गरेको छ । त्यसै अनुरुप उक्त कार्यमा यस क्षेत्रका स्थानीय जनतालाई प्रत्यक्ष रूपमा संलग्न गराउन वन तथा भू–संरक्षण मन्त्रालयले कंचनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्लाई २०६३ असोज ६ गते व्यवस्थापन हस्तान्तरण गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, डब्लु. डब्लु. एफ. नेपाल, स्थानीय सरकारी एवं गैरसरकारी संस्था तथा स्थानीय बासिन्दाहरूको संयुक्त प्रयासमा कञ्चनजङ्घा संरक्षण क्षेत्रको जैविक विविधता संरक्षण तथा स्थानीय बासिन्दाहरूको सामुदायिक विकास र आय आर्जन जस्ता विविध कार्यक्रमहरू संचालन गरिएको छ । स्थानीय समुदायहरूबाट व्यवस्थापन हुदैं आएको यो संरक्षण क्षेत्र नेपालमा मात्र नभै विश्वमा समेत नमूनाको रूपमा परिचित छ ।

गूगल नक्शा