नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

विश्‍व बाघ दिवस ( Global Tiger Day, 29 July 2024) | २९ औं वन्यजन्तु सप्ताह २०८१ | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न ।

कृष्णसार संरक्षण क्षेत्र

No image

स्थापनाः २०६५ साल (सन् २००९)

क्षेत्रफलः १६.९५ वर्ग कि.मि.


बर्दिया जिल्लाको खैरापुर क्षेत्रमा प्राकृतिक अवस्थामा रहेको दुर्लभ वन्यजन्तु कृष्णसारको संरक्षणका लागि गुलरिया नगरपालिका अन्तर्गतको १६.९५ वर्ग कि.मि. क्षेत्रलाई नेपाल सरकारले २०६५ फागुन २३ गते कृष्णसार संरक्षण क्षेत्रको रूपमा घोषणा गरेको छ । कुल क्षेत्रफल मध्ये कृष्णसारको वासस्थान क्षेत्र ५.२७ वर्ग कि.मि. र वरिपरिको प्रभावित क्षेत्र ११.६८ वर्ग कि.मि. रहेको छ ।

२०३१ सालमा बर्दिया वन्यजन्तु आरक्ष स्थापना भएको बेला बाँके, बर्दिया जिल्ला लगायत समग्र नेपालबाटै कृष्णसार लोप भइसकेको आशंका गरिएको थियो । बर्दिया वन्यजन्तु आरक्ष (हाल बर्दिया राष्ट्रिय निकुञ्ज) खडा भइसकेपछि २०३२ आश्विनमा बाँके वर्दियामा कृष्णसार बाँकी छन् कि भन्ने बारे खोजी गरियो । त्यसबेला बर्दिया जिल्लाको खैरी पण्डितपुरको जंगल किनार आवादी क्षेत्रमा एउटा सिङ भाँचिएको एक बूढो भाले, एउटा वयस्क भाले, तीन वटा पोथी र चार बच्चाहरू समेत जम्मा ९ वटा कृष्णसार फेला परेका थिए । यसरी फेला परेका कृष्णसारको पूर्ण संरक्षणको लागि तत्कालै वन विभागको एक÷चारको सशस्त्र सुरक्षा गार्ड खटाई कृष्णसार संरक्षण चौकी खडा गरिएको थियो । सोही प्रयासको फलस्वरूप कृष्णसारको घघद्ध नेपालका संरक्षित क्षेत्रहरु संख्यामा वृद्धि भई हाल तिनको संख्या २८१ पुगेको छ । यसै सन्दर्भमा कृष्णसारको संरक्षण गर्न अति आवश्यक देखिएकाले कृष्णसार संरक्षण क्षेत्रको स्थापना भएको हो ।

कृष्णसार खुला घाँसे मैदान अर्थात् दुबो र काँसको मैदानमा बस्न रुचाउँछ । त्यसैले आवादी छेउमा घरपालुवा जनावर गाई, भैंसी, भेडा बाख्राहरू सँगसँगै चर्ने र बस्ने गर्दछ । यिनीहरूको निरन्तर अवलोकन गरी संख्या अद्यावधिक गर्ने गरिएको छ । कृष्णसार संरक्षण क्षेत्रलाई व्यवस्थित गर्ने सिलसिलामा आवश्यक भौतिक निर्माण तथा वासस्थान व्यवस्थापनका कार्यहरू भैरहेका छन् । संरक्षण क्षेत्र व्यवस्थापन योजना बनाई भविष्यमा यसको संरक्षण र व्यवस्थापनको जिम्मेवारी स्थानीय समुदायलाई हस्तान्तरण गर्ने योजना रहेको छ ।

 

गूगल नक्शा