नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

उपसचिव(लेखा) श्री दिवाकर घिमिरेलाई बिदाई तथा सम्मान । | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८२/८३ का लागि योजना तर्जुमा गोष्ठी सम्पन्न | ४१ औं वार्डेन सेमिनार तथा २३ औं म.क्षे.व्य.समितिका अध्यक्षहरुको भेला सम्पन्न ।

खप्तड राष्ट्रिय निकुन्ज

No image

स्थापनाः २०४२ साल (सन् १९८४) 

म. क्षे. स्थापनाः २०६३ साल (सन् २००६)

क्षेत्रफलः २२५ वर्ग कि.मि.

म. क्षे. क्षेत्रफलः २१६ वर्ग कि.मि.

बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलमा अवस्थित यस राष्ट्रिय निकुञ्जले मध्य पहाडी वातावरण, वनस्पति र वन्यजन्तुहरूको प्रतिनिधित्व गदर्छ । यस निकुन्जमा सल्ला, खसुर र निगालाके जगंलहरूका साथै वन्यजन्तुका लागि उपयुक्त घाँसे मैदान रहेका छन् । यहाँ पाइने वन्यजन्तुमा रतुवा मृग, कस्तुरी मृग, घोरल, चितुवा, जंगली कुकुर, जंगली बिरालो, रातो बाँदर, लंगुर बाँदरका साथै डाँफे, मुनाल जस्ता सुन्दर चराचुरुङ्गीहरूको प्रधानता रहेको छ ।

यो राष्ट्रिय निकुञ्ज धार्मिक दृष्टिकोणले पनि निकै महत्वपूर्ण छ । त्रिवेणी, खप्तड दह, सहस्रलिङ्ग आदि स्थानहरू हिन्दू धर्मावलम्बीहरूका पावन तीर्थस्थल मानिन्छन् । यी स्थानहरूमा यहाँ गंगा दशहरा, जनैपूर्णिमा जस्ता धार्मिक पर्वमा हजारौंको संख्यामा तीर्थयात्रीहरू भेला भई मेला भर्ने गर्दछन् । खप्तड दह–त्रिवेणी क्षेत्रलाई रामसार सूचीमा समावेश गर्न प्रस्ताव गरिएको छ । पर्या–पर्यटनको प्रचुर सम्भावना भएको यो क्षेत्र प्रचार प्रसार र अन्य भौतिक सेवा सुविधाको अभावमा पछाडि परेको छ । निकुञ्जको आम्दानी न्यून भएको कारण मध्यवर्ती क्षेत्रका कार्यक्रमहरू संचालनमा कठिनाइ भइरहेको छ

गूगल नक्शा