नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

राष्‍ट्रिय संरक्षण दिवस असोज ७, २०८२ मनाईयो । | नयाँ पदस्थापना हुनु भएका पशु चिकित्सकहरुलाई राष्ट्रिय निकुञ्ज विभागमा स्वागत । | महानिर्देशक डा. रामचन्द्र कंडेलज्यूलाई फेरी भेटौला र महानिर्देशक डा. बुद्धि सागर पौडेलज्यूलाई स्वागत

समाचार

Not Available
मिति:
कात्तिक २१, २०७९
स्थान
बबरमहल, काठमाडौं ।

विभागको ४२ औं स्थापना दिवस कार्यक्रम सम्पन्न ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको ४२ औं स्थापना दिवस २०७९ साल कार्तिक १८ गते शुक्रवारका दिन दिपावली गरि शुरु गरियो भने मिति २०७९ साल कार्तिक २० गतेका दिन विभागको हालै स्वीकृत “PROTECTED AREA MANAGEMENT STARTEGY 2022-2030”  विभागका इकोलोजिष्ट डा. गणेश पन्तले प्रस्तुत गर्नु भई सो उपर स्थापना दिवसका लागि आमन्त्रित सहभागीहरु संस्थापक महानिर्देशक, निवर्तमान महानिर्देशकहरु, वन तथा वातावरण मन्त्रालयका नि.सचिव, महाशाखा प्रमुख, निवर्तमान प्रमुख संरक्षण अधिकृत तथा संरक्षण अधिकृत, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय, संरक्षणका साझेदार संस्थाका प्रमुखहरुबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्‍वर ढकालको सभापतित्वमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो । यस अन्तरक्रिया कार्यक्रमको संचालन विभागका संरक्षण शिक्षा अधिकृत श्री सुश्मा रानाले गर्नु भएको थियो ।