नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको २४ औं वैठक सम्पन्न । | राष्ट्रिय निकुञ्ज विभागको ४६ औं स्थापना दिवस सम्पन्न | राष्‍ट्रिय संरक्षण दिवस असोज ७, २०८२ मनाईयो ।

समाचार

Not Available
मिति:
जेठ १६, २०८०
स्थान
बबरमहल, काठमाडौं

माननीय वन तथा वातावरण मन्त्री डा. विरेन्द्र प्रसाद महतोलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत

नव नियुक्त माननीय वन तथा वातावरण मन्त्री  डा. विरेन्द्र प्रसाद महतोज्यूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा स्वागत गरेको छ । स्वागत कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्‍वर ढकालले राष्ट्रिय निकुञ्ज स्थापनाका उदेश्य देखि हालसम्मको प्रगति अवस्था, विभागले गरेका उपलव्धीहरु, हालका चुनौती र भावी रणनीतिका बारेमा प्रस्तुत गर्दै सो सम्वन्धी विस्तृत जानकारी गराउनु भएको थियो । स्वागत कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. रेवती रमण पौडेल, प्रशासन महाशाखा प्रमुख, वन तथा भू-संरक्षण विभागका महानिर्देशक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक, शाखा प्रमुखहरु लगायत अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।