नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

उपसचिव(लेखा) श्री दिवाकर घिमिरेलाई बिदाई तथा सम्मान । | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८२/८३ का लागि योजना तर्जुमा गोष्ठी सम्पन्न | ४१ औं वार्डेन सेमिनार तथा २३ औं म.क्षे.व्य.समितिका अध्यक्षहरुको भेला सम्पन्न ।

समाचार

Not Available
मिति:
असोज १५, २०८१
स्थान
बबरमहल, काठमाडौं

राष्ट्रिय संरक्षण दिवस २०८१ ( ७ असोज २०८१) सम्पन्न

नेपालको संरक्षण इतिहासमा २०६३  साल आश्विन ७ गते तदनुसार २३ सेप्टेम्बर २००६ का दिन संरक्षण कार्यकै सिलसिलामा तत्कालिन वन तथा भू-संरक्षण मन्त्रालयका राज्यमन्त्री श्री गोपाल राई, सचिव श्री दामोदर पराजुली, यस विभागका पुर्व महानिर्देशकज्यूहरू डा. तिर्थमान मास्के र श्री नारायण प्रसाद पौडेल समेत २० जना यात्रु र चालक दलका ४ जना गरी कूल २४ जना व्यक्तिहरू ताप्लेजुङ जिल्लाको फक्तालुङ गाउँपालिका वडा नं ६ स्थित फलेडाँडामा हेलिकप्टर दुर्घटनामा परी भएको ठूलो क्षतिको स्मरण गर्दै, संरक्षणमा प्राप्त उपलब्धीहरुमा उहाँहरूको योगदानको उच्च कदर गर्दै २०६४ सालदेखि नेपाल सरकारले हरेक वर्ष आश्विन ७ गते मनाउँदै आएको राष्ट्रिय संरक्षण दिवस वन तथा वातावरण राज्यमन्त्री माननीय रूपा वि.क.ज्यूको प्रमुख आतिथ्यतामा मिति २०८१/०६/०७ गते मनाईयो  । औपचारिक कार्यक्रमको सभापतित्व राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धु प्रसाद ढुंगानाले गर्नु भएको थियो भने अतिथीका रुपमा  वन तथा वातावरण  मन्त्रालयका सचिव श्री दीपक कुमार खराल सहित वन तथा वातावरण मन्त्रालय अन्तर्गतका विभागीय प्रमुखहरु, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय, संरक्षणका साझेदार संस्थाका प्रमुखहरु रहनु भएको थियो ।