नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

राष्‍ट्रिय संरक्षण दिवस असोज ७, २०८२ मनाईयो । | नयाँ पदस्थापना हुनु भएका पशु चिकित्सकहरुलाई राष्ट्रिय निकुञ्ज विभागमा स्वागत । | महानिर्देशक डा. रामचन्द्र कंडेलज्यूलाई फेरी भेटौला र महानिर्देशक डा. बुद्धि सागर पौडेलज्यूलाई स्वागत

समाचार

Not Available
मिति:
कात्तिक ७, २०८१
स्थान
बबरमहल, काठमाडौं

११औं अन्तराष्‍ट्रिय हिउँ चितुवा दिवस- २०८१ कार्तिक ७ (सन् २०२४ अक्टोवर, २३)

आज २०८१ साल कार्तिक ७ गते तदनुसार सन् २०२४ अक्टोवर २३ तारिखका दिन ११औं अन्तराष्ट्रिय हिउँ चितुवा दिवस वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री श्री ऐनबहादुर शाहीज्यूको प्रमुख अतिथ्यमा  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा विभिन्न कार्यक्रम गरी मनाइयो । औपचारिक कार्यक्रमको सभापतित्व राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कंडेलले गर्नु भएको थियो भने विशेष अतिथिमा वन तथा वातावरण मन्त्रालयका माननीय राज्यमन्त्री रुपा वि.क. हुनुहुन्थ्यो । अतिथिहरुमा वन तथा वातावरण मन्त्रालयका महाशाखा प्रमुखहरु, वन तथा वातावरण मन्त्रालय अन्तर्गतका विभागीय प्रमुखहरु, संरक्षण साझेदार संस्था राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लु डब्लु डव्लु एफ नेपाल, जेड एसएल नेपाल, आयुसिन, बिसिएनका प्रमुख तथा प्रतिनिधिहरु, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वन तथा भू-संरक्षण विभागका महानिर्देशक श्री शिव कुमार वाग्लेले उपस्थित सहभागीहरुलाई स्वागत गर्नु भएको थियो भने कार्यक्रमको संचालन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका बरिष्ठ ईकोलोजिष्ट श्री हरिभद्र आचार्यले गर्नु भएको थियो ।