नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

उपसचिव(लेखा) श्री दिवाकर घिमिरेलाई बिदाई तथा सम्मान । | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८२/८३ का लागि योजना तर्जुमा गोष्ठी सम्पन्न | ४१ औं वार्डेन सेमिनार तथा २३ औं म.क्षे.व्य.समितिका अध्यक्षहरुको भेला सम्पन्न ।

समाचार

Not Available
मिति:
चैत १०, २०८१
स्थान
None

४१ औं वार्डेन सेमिनार तथा २३ औं म.क्षे.व्य.समितिका अध्यक्षहरुको भेला सम्पन्न ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा यस वर्ष ४१ औं वार्डेन सेमिनार तथा २३ औं मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरुको बैठक मिति २०८१।११।२६ देखि २७ गतेसम्म कास्कीको पोखरामा संचालन भई सम्पन्न भएको छ ।  “संरक्षित क्षेत्रको नीतिगत सुधारः संरक्षण र विकासको दिगो आधार भन्ने नारा सहित ४१ औं वार्डेन सेमिनार तथा २३ औं मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरुको बैठक शुरु भएको थियो । उक्त कार्यक्रमको उद्‍घाटन शत्रमा प्रमुख आतिथि वन तथा वातावरण मन्त्री मा. ऐन बहादुर शाही ठकुरी, विशेष अतिथि वन तथा वातावरण राज्यमन्त्री मा. रुपा वि.क.,गण्डकी प्रदेश वन तथा वातावरण मन्त्री मा.भेष बहादुर पौडेल, वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपक कुमार खराल, गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रघुराम बिष्ट र अतिथिहरुमा वन तथा वातावरण मन्त्रालयका महाशाखा प्रमुख शिव कुमार वाग्ले, वन तथा भू संरक्षण विभागका महानिर्देशक बद्रिराज ढुंगाना, गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेल, नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा आरक्ष निर्देशनालयका नि. निर्देशक, राष्ट्रिय प्रकति संरक्षण कोषका सदस्य सचिव डा. नरेश सुवेदी लगायतका अतिथिहरु, विभागका उप महानिर्देशक, शाखा प्रमुखहरु र  संरक्षित क्षेत्र कार्यालयका वरिष्ठ संरक्षण अधिकृत, संरक्षण अधिकृत लगायतका कर्मचारीहरु, संरक्षित क्षेत्रको सुरक्षार्थ तैनाथ नेपाली सेनाका गण एवं गुल्मका गणपति तथा गुल्मपतिहरु, संरक्षण साझेदार संस्था राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लु डब्लु एफ नेपाल, जेडएसएल नेपालका प्रतिनिधिहरु र मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्षहरुको उपस्थिति थियो ।कार्यक्रमको संचालन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका बरिष्ठ संरक्षण शिक्षा अधिकृत श्री अणनाथ बरालले गर्नु भएको थियो ।