नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

राष्‍ट्रिय संरक्षण दिवस असोज ७, २०८२ मनाईयो । | नयाँ पदस्थापना हुनु भएका पशु चिकित्सकहरुलाई राष्ट्रिय निकुञ्ज विभागमा स्वागत । | महानिर्देशक डा. रामचन्द्र कंडेलज्यूलाई फेरी भेटौला र महानिर्देशक डा. बुद्धि सागर पौडेलज्यूलाई स्वागत

समाचार

Not Available
मिति:
असोज ८, २०८२
स्थान
बबरमहल, काठमाडौं ।

राष्‍ट्रिय संरक्षण दिवस असोज ७, २०८२ मनाईयो ।

संरक्षित क्षेत्रको संरक्षण र व्यवस्थापन स्थानीय बासिन्दाहरुबाट गर्ने नयाँ उदेश्यले २०६३ साल असोज ७ गते कंचनजंघा संरक्षण क्षेत्रको संरक्षण र व्यवस्थापन कंचनजंघा संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई हस्तान्तरण गरि फर्कदा हेलिकप्टर दुर्घटनामा तत्कालिन वन मन्त्री गोपाल राइ, वन र वातावरण क्षेत्रका विज्ञहरु डा. हर्क गुरुङ, डा. चन्द्र गुरुङ, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक नारायण पौडेल, पूर्व महनिर्देशक डा. तीर्थमान मास्के लगायत २४ जनाको हेलिकप्टर दुर्घटनामा निधन भए पछि वहाँहरुको योगदानको स्मरणमा गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रुपमा मनाउन शुरु गरिएको हो ।

            २०८२ साल असोज ७ गतेका दिन वहाँहरुको योगदानको स्मरण गर्दै राष्ट्रिय निकुञ्ज विभागको सभाहलमा विशेष अतिथि वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्र तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. बुद्धि सागर पौडेलको सभापतित्वमा विविध विषयमा अन्तरक्रिया कार्यक्रम गरी राष्ट्रिय संरक्षण दिवस, २०८२ मनाईयो ।  कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका महाशाखा प्रमुख, वन तथा भू-संरक्षण विभाग, वातावरण विभाग, वनस्पती विभाग, वन सर्भेक्षण तथा अनुसन्धान केन्द्रका महानिर्देशक, उपमहानिर्देशक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्त आरक्ष निर्देशनालयका निर्देशक, संरक्षणका साझेदार संस्था राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लु डब्लु एफ नेपाल, जेडएसएल नेपालका प्रमुख तथा प्रतिनिधिहरु, राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक, शाखा प्रमुखहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।