नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

महानिर्देशक डा. रामचन्द्र कंडेलज्यूलाई फेरी भेटौला र महानिर्देशक डा. बुद्धि सागर पौडेलज्यूलाई स्वागत | नयाँ पदस्थापना भई आउनु भएका संरक्षण अधिकृतहरुलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत । | संरक्षित क्षेत्र कार्यालयहरुको आ .ब. २०८१/८२ को बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न

समाचार

Not Available
मिति:
माघ १४, २०७६
स्थान
None

राष्ट्रिय संरक्षण दिवश २०७३

मिति २०७३ साल आश्विन ७ गते (सेप्टेम्बर २३, २०१६), समुदायमा आधारित संरक्षणः दिगो विकासमा योगदान (Community based conservation for sustainable development) भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय संरक्षण दिवश २०७३ फिल्डस्तर देखि केन्दियस्तरमा विभिन्न कार्यक्रम संचालन गरी मनाइयो । वन तथा भू संरक्षण मन्त्रालयको नेतृत्वमा संरक्षण साझेदारसंस्थाहरु (BCN, ECCA, ICIMOD, IUCN, NEFEJ, NTNC, WCN, WWF, WWG)को साझेदारीमा केन्द्रियस्तरमा राष्ट्रिय सभागृह, प्रदशनीमार्ग, काठमाण्डौंमा राष्ट्रिय संरक्षण दिवश २०७३ समारोह आयोजना गरिएको थियो । 

सम्माननीय राष्ट्रपति श्री विद्यादेवी भण्डारीज्यूको प्रमुख आथित्यमा भएको यस राष्ट्रिय संरक्षण दिवश २०७३ समारोहमा वन तथा भू संरक्षण मन्त्रालयका सचिव डा. कृष्ण चन्द्र पौडेलज्यूले स्वागत मन्तब्य राख्नु भएको थियो भने माननीय वन तथा भू संरक्षण मन्त्री श्री शंकर भण्डारीज्यूले धन्यवाद ज्ञापन गर्नु भएको थियो । सम्माननीय राष्ट्रपति श्री विद्यादेवी भण्डारीज्यूबाट समारोहमा विशेष सम्बोधन भएको थियो । यस समारोहमा डब्लु.डब्लु.एफ द्धारा स्थापित छात्रबृति र संरक्षण पुरस्कार, पन्क्षी संरक्षण संघ नेपालद्धारा स्थापित जटायु छात्रबृति र  घुन्सा दुर्घटनामा दिवङ्गत भएका २४ जनाको सम्झनामा डब्लु.डब्लु.एफ.बाट स्थापित नेपाल संरक्षण स्मृति छात्रवृति प्रदान गरिएको थियो । सम्माननीय राष्ट्रपति श्री विद्यादेवी भण्डारीज्यूबाट राष्ट्रिय संरक्षण पुरस्कार प्रदान गरिएको थियो । सम्माननीय राष्ट्रपति श्री विद्यादेवी भण्डारीज्यूमा Legacy of Leaders (2006-2016) नामक पुस्तक अर्पण गरिएको उक्त पुस्तक माननीय वन तथा भू संरक्षण मन्त्री श्री शंकर भण्डारीज्यूबाट लोकार्पण गरिएको थियो ।