नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

राष्‍ट्रिय संरक्षण दिवस असोज ७, २०८२ मनाईयो । | नयाँ पदस्थापना हुनु भएका पशु चिकित्सकहरुलाई राष्ट्रिय निकुञ्ज विभागमा स्वागत । | महानिर्देशक डा. रामचन्द्र कंडेलज्यूलाई फेरी भेटौला र महानिर्देशक डा. बुद्धि सागर पौडेलज्यूलाई स्वागत

समाचार

Not Available
मिति:
माघ १४, २०७६
स्थान
None

राष्ट्रिय प्राणी उद्यान सूर्यविनायक भक्तपुर कार्यालयको उद्घाटन (२०७३|९|२९)

मिति २०७३|९|२९ गते शुक्रबार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग बबरमहलद्धारा आयोजना गरिएको राष्ट्रिय प्राणी उद्यान सूर्यविनायक भक्तपुर कार्यालयको उद्घाटन, प्रमुख अतिथि वन तथा भू संरक्षण मन्त्रालयका सचिव डा.कृष्णचन्द्र पौडेलज्यूले रिबन काटेर गर्नुभयो । सचिवज्यूले कार्यालय स्थापना पश्चात प्राणी उद्यानको समस्याहरु स्थानीय तहबाट नै समाधान गर्न सकिने र स्थानीय सामुदायिक वन समूहको उपभोक्ताहरुलाई साथमा लिएर प्राणी उद्यानको कार्य अगाडि बढाउने प्रतिद्धता ब्यक्त गर्नुभयो । साथै प्राणी उद्यानको  २४५.१६५ हेक्टर क्षेत्रफल मध्ये १४.२ हेक्टर क्षेत्रफल वन क्षेत्रमा वन्यजन्तु उद्धार केन्द्र स्थापना गर्न निर्णय गरेको बताउनुभयो । राष्ट्रिय प्राणी उद्यान कार्यको लागि स्थानीय समुदायले सक्रिय रुपमा सहयोग गर्ने प्रतिबद्धता सामुदायिक वनहरुको प्रतिनिधिहरुको तर्फबाट विश्वराम थापाले व्यक्त गर्नु भयो साथै प्राणी उद्यानको कार्य विस्तार गर्दा स्थानीय बासिन्दाहरुलाई रोजगारीको अवसर दिनु पर्ने कुरामा जोड दिनुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग बबरमहलका उप–महानिर्देशक श्री गोपालप्रकाश भट्टराईज्यूले उद्घाटन कार्यक्रममा उपस्थित हुनु भएका मूख्य अतिथि लगायत सबैलाई स्वागत गर्नुका साथै राष्ट्रिय प्राणी उद्यान कार्यालयको महत्वमाथि प्रकाश पार्नु भएको थियो । कार्यक्रमका अध्यक्ष एवं राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग बबरमहलका महानिर्देशक श्री मन बहादुर खडकाज्यूले स्थानीय समुदायहरुको माग समेतलाई ध्यानमा राखी निकट भविष्यमा प्राणी उद्यानको ब्यवस्थापन योजना बनाउने र सोही अनुसार कार्य अगाडि बढाउने उल्लेख गर्दै कार्यालय उद्घाटनमा आमन्त्रित सवै महानुभावहरुलाई धन्यवाद व्यक्त गर्नु भयो ।