नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

राष्‍ट्रिय संरक्षण दिवस असोज ७, २०८२ मनाईयो । | नयाँ पदस्थापना हुनु भएका पशु चिकित्सकहरुलाई राष्ट्रिय निकुञ्ज विभागमा स्वागत । | महानिर्देशक डा. रामचन्द्र कंडेलज्यूलाई फेरी भेटौला र महानिर्देशक डा. बुद्धि सागर पौडेलज्यूलाई स्वागत

समाचार

Not Available
मिति:
माघ १४, २०७६
स्थान
None

२२ औं वन्यजन्तु सप्ताह (वैशाख १–७), नेपालमा CITES (साइटिस) कार्यान्वयनको अवस्था सम्बन्धी अन्तरक्रिया

२२ औं वन्यजन्तु सप्ताह (वैशाख १–७), २०७४ को अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वैशाख ५ गते प्राकृतिक विज्ञान संग्रालय, स्यम्भूमा नेपालमा CITES (साइटिस) कार्यान्वयनको अवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । अन्तरक्रिया कार्यक्रममा साइटिसको व्यवस्थापन निकायको तर्फबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन विभागले तथा वैज्ञानिक निकायको तर्फबाट प्राकृतिक विज्ञान संग्रालय र वनस्पति विभागले प्रस्तुती गरेका थिए । उक्त अन्तरक्रिया कार्यक्रममासरकारी र गैरसरकारी निकायका कर्मचारीहरु, विद्यार्थीहरु तथा पत्राकारहरुको उपस्थिति रहेको थियो |