नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

राष्‍ट्रिय संरक्षण दिवस असोज ७, २०८२ मनाईयो । | नयाँ पदस्थापना हुनु भएका पशु चिकित्सकहरुलाई राष्ट्रिय निकुञ्ज विभागमा स्वागत । | महानिर्देशक डा. रामचन्द्र कंडेलज्यूलाई फेरी भेटौला र महानिर्देशक डा. बुद्धि सागर पौडेलज्यूलाई स्वागत

समाचार

Not Available
मिति:
असार ८, २०७८
स्थान
ईन्द्रेणी ब्याङ्केट, बुद्धनगर, काठमाडौं

संरक्षित क्षेत्रहरुको पूर्व योजना तर्जूमा गोष्ठी सम्पन्न

राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण विभागले संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०७७/७८ को लागी पूर्व योजना तर्जूमा गोष्ठी २०७६ साल माघ २० र २१ गते इन्द्रेणी ब्याँङ्केट, बुद्धनगर, काठमाडौंमा सम्पन्न गरेको छ । योजना तर्जूमा गोष्ठीको उद्‍घाटन शत्रको सभापतित्व राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक श्री गोपाल प्रकाश भट्टराईले गर्नु भएको थियो भने अतिथिको रुपमा वन तथा वातावरण मन्त्रालयका  योजना, अनुगमन तथा समन्वय महाशाखा प्रमुख (सह-सचिव) डा. सिन्धु ढूगाना, राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक एवं योजना तथा व्यवस्थापन महाशाखा प्रमुख डा.रामचन्द्र कंडेल, राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक श्री नारायण खतिवडा र अर्थ मन्त्रालयका शाखा अधिकृत श्री गोपाल प्रसाद भट्टराई रहनु भएको थियो ।विभागका शाखा प्रमुखहरु र संरक्षित क्षेत्र कार्यालयका प्रमुख तथा योजना तर्जूमा कार्यमा संलग्न रहने कर्मचारीहरुको सहभागितामा आ.ब. २०७७/७८ को प्रस्तावित बजेट तथा कार्यक्रम तयार गरिएको थियो ।