नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

महानिर्देशक डा. रामचन्द्र कंडेलज्यूलाई फेरी भेटौला र महानिर्देशक डा. बुद्धि सागर पौडेलज्यूलाई स्वागत | नयाँ पदस्थापना भई आउनु भएका संरक्षण अधिकृतहरुलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत । | संरक्षित क्षेत्र कार्यालयहरुको आ .ब. २०८१/८२ को बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न

समाचार

Not Available
मिति:
असार ८, २०७८
स्थान
होटल भ्यू भृकुटी, गोदावरी, ललिपुर

संरक्षित क्षेत्रका कर्मचारीहरुका लागि लैंगिक सचेतना गोष्ठी सम्पन्न

राष्ट्रिय निकुञ् तथा वन्यजन्तु संरक्षण विभागले   संरक्षित क्षेत्रका कर्मचारीहरुको लागि लैंगिक सचेतना गोष्ठी २०७६ साल फागुण २० २१ गते होटेल भृकुटी भ्यू, गोदावरीमा  सम्पन्न गरेको  गोष्ठीको  उद्घाटन शत्रको सभापतित्व राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका नि.महानिर्देशक श्री हरिभद्र आचार्यज्युले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा वन तथा वातावरण मन्त्रालयका योजना, अनुगमन तथा समन्वय महाशाखा प्रमुख (सह-सचिव) डा. सिन्धु ढूगाना अतिथिको रुपमा  रेड कार्यान्वयन केन्द्रका प्रमुख बुद्विसागर पौडेल रहनु भएको थियो 

गोष्ठीको उद्घाटन प्रमुख अतिथी एवं वन तथा वातावरण मन्त्रालयका सह-सचिव डा. सिन्धु ढुंगानाले गमलामा भएको फुलको विरुवामा पानी सिंचन गरेर गर्नु भएको थियो भने गोष्ठीमा उपस्थित सहभागी कर्मचारीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका योजना शाखा प्रमुख विष्णु प्रसाद श्रेष्ठले  स्वागत गर्नुका साथै लैंगिक सचेतना गोष्ठीको औचित्य माथि प्रकाश पार्नु भएको थियो