यो कार्यक्रम नेपालका संरक्षित क्षेत्रमा रहेका ६ वटा हात्तीसारहरु को संरक्षण र व्यवस्थापनका लागि संचालनमा रहेको छ ।
आ.ब. २०७८/७९ को बार्षिक बजेट
चालु बजेट- १५,८२,००,०००।-
पूँजीगत बजेट: ३,५१,००,०००।-
कुल बजेट- १९,३३,००,०००।-
यस आयोजनाबाट चितवन राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेका हात्ती र हात्तीसाररुको संरक्षण र व्यवस्थापनका लागि खर्च गरिनेछ । जस अन्तर्गत हात्तीका सेडघर निर्माण, हात्ती चढ्ने मचान निर्माण, खानेपानी, शौचालय निर्माणका साथै हात्तीको दाना, औषधी, हात्तीसारका कर्मचारीहरुको तलव, भत्ता लगायत कार्यालय संचालन खर्च यसै आयोजनाबाट गरिने छ ।