नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

राष्‍ट्रिय संरक्षण दिवस असोज ७, २०८२ मनाईयो । | नयाँ पदस्थापना हुनु भएका पशु चिकित्सकहरुलाई राष्ट्रिय निकुञ्ज विभागमा स्वागत । | महानिर्देशक डा. रामचन्द्र कंडेलज्यूलाई फेरी भेटौला र महानिर्देशक डा. बुद्धि सागर पौडेलज्यूलाई स्वागत

पंक्षी

सानो खर मुजूर (Sypheotides indicus)

सानो खरमजुर चरा Gruiformes    Order र Otididae family मा पर्दछ | यो अति बिरलै रुपमा ढिलो गरि आउने ग्रीष्म आगन्तुक चरा हो | १९ औं शताब्दीमा हडसनले काठमाडौँमा समेत रेकर्ड गरेको यो चरा हाल कोशीटप्पु वन्यजन्तु आरक्ष र चितवन तथा बर्दिया राष्ट्रिय निकुन्जहरुमा अत्यन्त बिरल मात्रामा रेकर्ड भएको छ | नेपालमा यस चराको संख्या बढीमा १० वटा होलान भनेर अनुमान गरिएको छ | विश्वब्यापी रुपमा आइयुसीएनले यस चरालाई संकटापन्नको सुचिमा राखेको छ भने नेपाल बर्ड रेड डाटा बुकले  यसलाई अति संकटापन्नको सुचिमा राखेको छ | नेपालको राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित पन्छी को रुपमा अनुसूची १ मा सुचिकृत गरेको छ | तर साइटिसले भने यसलाई अनुसूची २ मा सुचिकृत गरेको छ |

थप जानकारीका लागि:-Inskipp et al. 2016.