नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

उपसचिव(लेखा) श्री दिवाकर घिमिरेलाई बिदाई तथा सम्मान । | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८२/८३ का लागि योजना तर्जुमा गोष्ठी सम्पन्न | ४१ औं वार्डेन सेमिनार तथा २३ औं म.क्षे.व्य.समितिका अध्यक्षहरुको भेला सम्पन्न ।

पर्सा राष्ट्रिय निकुन्ज

No image

स्थापनाः २०४० साल (सन् १९८४) 

म. क्षे. स्थापनाः २०६२ साल (सन् २००५)

क्षेत्रफलः ६२७.३९  वर्ग कि.मि. 

म. क्षे. क्षेत्रफलः २८५.३० वर्ग कि.मि.
 

२ नं. र ३ नं. प्रदेशको  चितवन, मकवानपुर र पर्सा जिल्लाका केही भागहरू समेटेर पर्सा राष्ट्रिय निकुन्ज फैलिएको छ । यो चितवन राष्ट्रिय निकुञ्जको पूर्वपट्टिको विस्तारित क्षेत्र हो । ५०० देखि ९५० मिटरसम्म अग्लो चुरे पर्वतले यसको सबैजसो भूमि ढाकेको छ । भावर प्रदेश भएको कारण भौगोलिक बनौट छुट्टै प्रकारको छ । नदीनाला सुख्खा देखिन्छन् भने पानी सतह मुनिबाट बग्दछ । चुरेको उच्च भागमा सल्लाका रूखहरू पाइए तापनि ९० प्रतिशत भूमि सालको जंगलले ढाकेको छ र राप्ती नदीको छेउछाउमा सिसौ र खयरका रूखहरू पाइन्छन् ।

केही दशक अगाडिसम्म यो क्षेत्रलाई प्रख्यात चारकोशे झाडी क्षेत्र भनिन्थ्यो र यसलाई प्रमुख शिकारस्थलको रूपमा लिइन्थ्यो । यहाँका प्रमुख जनावरहरू जंगली हात्ती, पाटेबाघ, चितुवा, जरायो, घोडगधा, बँदेल, गौरीगाई आदि हुन् । यस निकुन्जको लक्ष्य पुरानो चारकोशे जंगलको प्रतिनिधित्व गर्ने वन र वन्यजन्तुको संरक्षण गर्नु हो । वन पैदावार (ढुङ्गा, गिट्टी, बालुवा) को बढ्दो माग र क्रसर उद्योगहरूको विस्तारले गर्दा निकुन्जको जैविक विविधता संरक्षणमा समस्या सृजना भएको छ । निकुन्जभित्रको रामभोरी भाटा बस्ती स्थानान्तरण भएपछि सो क्षेत्रमा गैंडाको विचरण देखिन थालेको छ । रमौली र प्रतापपुर बस्ती स्थानान्तरण सम्पन्न भएको छ । निकुन्जको आम्दानीबाट मध्यवर्ती क्षेत्रका कार्यक्रमहरू संचालनमा रहेका छन् ।

गूगल नक्शा