स्थापनाः २०३२ साल (सन् १९७६)
म. क्षे. स्थापनाः २०५५ साल (सन् १९९८)
क्षेत्रफलः १,७१० वर्ग कि.मि.
म. क्षे. क्षेत्रफलः ४२० वर्ग कि.मि.
यो राष्ट्रिय निकुञ्ज रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका केही भागहरूमा फैलिएर उत्तरमा मित्रराष्ट्र चीनको सिमानासम्म पुगेको छ । लाङटाङ लिरुङ (७,२४३ मि.) र हिमालचुली (७,८६४ मि.) जस्ता हिमालहरूले यसलाई प्राकृतिक सुन्दरता प्रदान गरेका छन् । यस निकुञ्जबाट निस्केका नदीहरू त्रिशूली पश्चिमतर्फ र सुनकोशी पूर्वतर्फ बगेका छन । यहाँ खाटे सल्ला, गब्रे सल्ला, गुरास आदिका जगंलहरू पाइन्छन । कोणधारी जंगलमा पाइने एकमात्र पतझड सल्ला (लाङटाङ सल्ला) यस निकुञ्जको विशिष्ट सम्पत्ति हो ।
निकुञ्जलाई सुन्दर एवं आकर्षक बनाउन चितुवा, हाब्रे (रेड पाण्डा), कस्तुरी मृग, हिमाली भालु, थार, घोरल, रातो बाँदर, लङ्गुर जस्ता वन्यजन्तुहरू गहना भएका छन् । यस निकुञ्ज भित्र तिब्बती धर्मको “बोन पो” गुम्बा तथा सांस्कृतिक स्थलहरू छन् भने पुण्यस्थल गोसाइँकुण्ड हिन्दू धर्मावलम्बीहरूको केन्द्र बनेको छ । गोसाइँकुण्ड र वरिपरिका तालहरूलाई सन् २००७ मा अन्तर्राष्ट्रिय महत्वको सिमसारको सूचीमा राखिएको छ । सरकारले वि.सं. २०५५ मा मध्यवर्ती क्षेत्रको घोषणा गरेर स्थानीय जनताको आर्थिक–सामाजिक विकासमा टेवा पुर्याएको छ ।
राजधानीबाट नजिक र सडकले जोडिएको भए तापनि दुर्गम क्षेत्रमा रहेको यो राष्ट्रिय निकुञ्ज पदयात्री पर्यटकहरूका लागि निकै लोकप्रिय रहेको छ । पर्या पर्यटनको विकासबाट यहाँका स्थानीय बासिन्दाहरूको जीविकोपार्जनम प्रत्यक्ष रूपमा टेवा पुगेको छ