नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

२९ औं वन्यजन्तु सप्ताह २०८१ | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | विश्‍व सिमसार दिवस- २०२४ उद्घाटन कार्यक्रम सम्पन्न

समाचार

Not Available
मिति:
साउन ७, २०८१
स्थान
बबरमहल, काठमाडौं

माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत

नव नियुक्त माननीय वन तथा वातावरण मन्त्री   नवल किशोर साह सुडीज्यूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा स्वागत गरेको छ । स्वागत कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप-महानिर्देशक वेद कुमार ढकालले राष्ट्रिय निकुञ्ज स्थापनाका उदेश्य देखि हालसम्मको प्रगति अवस्था, विभागले गरेका उपलव्धीहरु, हालका चुनौती र भावी रणनीतिका बारेमा प्रस्तुत गर्दै सो सम्वन्धी विस्तृत जानकारी गराउनु भएको थियो । स्वागत कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपक कुमार खराल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धु प्रसाद ढुंगाना, विभागका शाखा प्रमुखहरु लगायत अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।