आगामी आर्थिक बर्ष २०७४/७५ को लागि यस विभाग र मातहतका संरक्षित क्षेत्रहरुको बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धमा पूर्व योजना तर्जुमा तथा चालु आ.व. २०७३/७४ को प्रथम चौमासिक अवधिको प्रगति समिक्षा गोष्ठी मिति २०७३/१० /०६ देखि २०७३/१०/०८ सम्म संचालन भइ सम्पन्न भयो |
उक्त गोष्ठीको उदघाटन यस विभागका महानिर्देशक श्री मन बहादुर खड्काज्यूले गर्नु भएको थियो भने राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, वन तथा भू-संरक्षण मन्त्रालय र पर्यटन विभागका प्रतिनिधिहरुले बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धमा सम्बन्धित निकायको मार्गदर्शन बारे जानकारी गराउनु भएको थियो | सोहि मार्गनिर्देशन र यस विभागको नीति, कार्यनीति अनुरुप विभाग तथा मातहतका संरक्षित क्षेत्र कार्यालयहरुले आ-आफ्नो कार्यालयको बजेट तथा कार्यक्रम तयार गरी प्रस्तुति गर्नुका साथै सो उपर बृहत छलफल भएको थियो |
साथै कार्यक्रमको अन्तिम दिन चालु आ.ब. २०७३/७४ को प्रथम चौमासिक अवधिमा सम्पादन गरिएका कार्यक्रमहरुको प्रगतिको बारेमा विभागको अनुगमन तथा मुल्यांकन शाखाबाट प्रस्तुतिकरण भइ सो उपर समेत छलफल गरिएको थियो |